११ श्रावण २०८३, सोमबार | July 27, 2026

बुटवल-पाल्पा सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा मोटरसाइकल दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ । आज दिउँसो सो सडकको तानसेन-८ गौडे भन्ने स्थानमा भएको मोटरसाइकल दुर्घटनाबाट तानसेन-७ प्रभासकी २७ वर्षिया साबित्रा थापाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत गौडेमा बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको लु ८८ प ६६५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई सडक देखि अन्दाजी ५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।

मोटरसाइकलमा सवार चालक तानसेन-७ प्रभासका ४३ वर्षिय ईन्द्र बहादुर गाहा र मोटरसाईकल पछाडि सवार साबित्रा थापा घाईते भएकोमा सावित्रा थापाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुबैजनाको प्रहरीले उद्दारगरि लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएकोमा थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्बासेले जानकारी दिए ।

उक्त सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारीरहेको उनले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ७ : २६ बजे

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप