१८ माघ २०८२, आइतबार | February 1, 2026

रुपन्देहीमा राजश्व गस्तीमाथि ‘तस्कर’ समर्थकको आक्रमण



बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोलीमाथि ‘तस्कर’हरुको समुहले आक्रमण गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट विहीबार साँझ ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोलीमाथि आक्रमण भएको हो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा अवैध रुपमा नेपाल भित्रियाइ भण्डारण गरिएको चिनी बरामद गर्न गोप्य सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय बुटवलबाट सत्रस्त्र प्रहरी सहितको टोलि मुजहना पुगेको थियो । अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको पक्की घरमा खानतलासी गरी ११२ बोरा चिनी नियन्त्रणमा लिएको थियो ।

बरामद अवैध चिनी लिएर फर्किने क्रममा विहीबार बेलुका करिब ६ बजे एक सय जनाभन्दा बढीले बाटो अवरोध गरेर ढुंगामुढा गरेको राजश्व अनुसन्धान कार्यालयले जनाएको छ । घटना लगत्तै सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगर नेतृत्वको ७० जनाको थप फोर्स पुगेर आक्रमणकारीको अवरोध हटाएको थियो । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार सशस्त्रको थप टोलीले बाटो अवरोध गर्ने समूहलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएको थियो । बरामद चिनी सहित सवारी साधनहरु राजस्व अनुसन्धान कार्यालय बुटवलमा ल्याइएको घिमिरेले बताए ।

नियन्त्रणमा लिएको चिनी लुटपाट गर्ने उद्देश्यले आक्रमण भएको अनुमान गरिएको छ । ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराती, सशस्त्र प्रहरी नायब निरीक्षक काशी प्रसाद चौधरी र सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डेलगायतलाई सामान्य चोट लागेको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणका सूचना अधिकारी डिएसपी दुर्गा थापाले बताए । ढुंगामुढाबाट सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको ना १ झ १४७७ नम्बरको गाडीमा क्षति पुगेको छ ।

स्थानीयका अनुसार रुपन्देहीको सिमावर्ती क्षेत्रबाट ठूलो मात्रामा तस्करी हुने गरेको छ । सशस्त्र प्रहरीले मात्रै ९ महिनाको अवधिमा १० करोड बढीको अवैध सामान नियन्त्रणमा लिएको जनाएको छ भने नेपाल प्रहरीले पनि करिब ५ करोडको अवैध सामान नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ११ : ४६ बजे

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

राष्ट्रपति रामचन्द्र पौडेल चारदिने जापान भ्रमणमा, सम्राट् नारुहितो र प्रधानमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ