११ श्रावण २०८३, सोमबार | July 27, 2026

नौलो बहुउद्देश्यीय सहकारीको साधारणसभा



बुटवल । बुटवल-७ दीपनगरस्थित नौंलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठको अध्यक्षता तथा जेष्ठ शेयर सदस्य जीतकुमारी गौतमको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक बुटवलका प्रमुख संगित धितालले सहकारीबाट लिएरको ऋण उद्यमशिलतामा लगानी गर्न आग्रह गरिन् ।

उद्देश्यभन्दा बाहिर गएर ऋण लगानी नगर्न आग्रह गर्दै धितालले सहकारी बलियो बन्न लगानी सही ठाउँमा हुनुपर्नेमा जोड दिइन । त्यस्तै रुपन्देही बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष भोजबहादुर बुढाथोकीले सहकारीबाट लिएर ऋण तिर्न पर्दैन भन्ने सोच अपराध हुने बताए । रुपन्देहीमा केही आयातित सहकारीमा समस्या देखिए पनि यहाँका सहकारी बलिया रहेको स्पष्ट पारे ।

सहकारीका अध्यक्ष माधव प्रसाद श्रेष्ठले नौलो सहकारी बलियो रहेको बताउँदै कुनै पनि समस्या नरहेको स्पष्ट पारे । सहकारीमा ६२३ जना शेयर सदस्य रहेका छन् । कार्यक्रममा महिलातर्फ जेष्ठ शेयर सदस्य जीत कुमारी गौतम, पुरुषतर्फ कृष्णप्रसाद अर्याल, त्यस्तै शिभिल इन्जिनियर शेयर सदस्य अमृत भण्डारी र शेयर सदस्यका परिवारकी छोरी सन्ध्या कंडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पुष्प सहकारीका उपाध्यक्ष युवराज अमगाई, जागरुक सहकारीका कोषाध्यक्ष मोति श्रेष्ठ, शिवनगर सामुदायिक वनका अध्यक्ष मनोज गौचन, सल्लाहकार सरदा पौडेल लेखा समितिका संंयोजक अनिल भण्डारी लगायतले बोलेका थिए । सहकारीका उपाध्यक्ष ललिता वंशी ठकुरीको स्वागत तथा सचिव सुधन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ५ : ३६ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत