६ पुस २०८२, आइतबार | December 22, 2025

नौलो बहुउद्देश्यीय सहकारीको साधारणसभा



बुटवल । बुटवल-७ दीपनगरस्थित नौंलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठको अध्यक्षता तथा जेष्ठ शेयर सदस्य जीतकुमारी गौतमको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक बुटवलका प्रमुख संगित धितालले सहकारीबाट लिएरको ऋण उद्यमशिलतामा लगानी गर्न आग्रह गरिन् ।

उद्देश्यभन्दा बाहिर गएर ऋण लगानी नगर्न आग्रह गर्दै धितालले सहकारी बलियो बन्न लगानी सही ठाउँमा हुनुपर्नेमा जोड दिइन । त्यस्तै रुपन्देही बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष भोजबहादुर बुढाथोकीले सहकारीबाट लिएर ऋण तिर्न पर्दैन भन्ने सोच अपराध हुने बताए । रुपन्देहीमा केही आयातित सहकारीमा समस्या देखिए पनि यहाँका सहकारी बलिया रहेको स्पष्ट पारे ।

सहकारीका अध्यक्ष माधव प्रसाद श्रेष्ठले नौलो सहकारी बलियो रहेको बताउँदै कुनै पनि समस्या नरहेको स्पष्ट पारे । सहकारीमा ६२३ जना शेयर सदस्य रहेका छन् । कार्यक्रममा महिलातर्फ जेष्ठ शेयर सदस्य जीत कुमारी गौतम, पुरुषतर्फ कृष्णप्रसाद अर्याल, त्यस्तै शिभिल इन्जिनियर शेयर सदस्य अमृत भण्डारी र शेयर सदस्यका परिवारकी छोरी सन्ध्या कंडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पुष्प सहकारीका उपाध्यक्ष युवराज अमगाई, जागरुक सहकारीका कोषाध्यक्ष मोति श्रेष्ठ, शिवनगर सामुदायिक वनका अध्यक्ष मनोज गौचन, सल्लाहकार सरदा पौडेल लेखा समितिका संंयोजक अनिल भण्डारी लगायतले बोलेका थिए । सहकारीका उपाध्यक्ष ललिता वंशी ठकुरीको स्वागत तथा सचिव सुधन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ५ : ३६ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको