७ पुस २०८२, सोमबार | December 22, 2025

रोटरी क्लब अफ बुटवल चौतारीको रक्तदानमा ६६ युनिट रगत संकलन



बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीको आयोजनामा भएको संयुक्त बृहत रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ ।

शनिबार भएको रक्तदान कार्यक्रममा रोटरी क्लब अफ बुटवल चौतारीका स्पोन्सर क्लवहरु रोटर्याक्ट क्लब अफ बुटवल चौतारी, रोटर्याक्ट क्लब अफ भैरहवा चौतारी, इन्ट्र्याक्ट क्लब अफ भैरहवा चौतारी र इन्ट्र्याक्ट क्लब अफ नविन चौतारीले पनि सहकार्य गरेका थिए ।

एकयसय जना भन्दा बढी उपस्थित रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष नुमेन्द्र पौडेलले जानकारी दिए । उनले आगामी वर्षको वैशाखभित्र फेरि रक्तदान कार्यक्रमको आयोजना गरिने जानकारी दिंदै मानवीय कार्यको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रमको शुभारम्भ गर्दै क्लबका एजी कुलमणि ज्ञवालीले स्वार्थ भन्दा माथि सेवा भन्ने भावनाका साथ क्लवले आफूलाई अगाडि बढाउँदै लगेको भन्दै सामाजिक र रचनात्मक काममा निरन्तर क्रियाशिल रहन आग्रह गरे ।

त्यस अवसरमा कार्यक्रम संयोजक रामप्रसाद पाण्डे, रोट्र्याक्ट क्लव अफ बुटवल चौतारीका अध्यक्ष गोविन्द पाण्डे, भैरहवा चौतारीका अध्यक्ष आकाश पौडेललगायतले पनि रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे, क्लवका पदाधिकारी तथा सदस्यहरुका साथै ठूलो संख्यामा रोटरीयनहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ६ : २३ बजे

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले