६ श्रावण २०८३, बुधबार | July 22, 2026

द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुँदै, स्थानीय प्रतिभालाई अवसरसँग जोड्ने प्रयास



काठमाडौ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुने भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा २५ र २६ नोभेम्बरको दिन थाथापलीस्थित कलेज हातामा करियर फेस्टको आयोजना हुन लागेको हो ।

देशभरका रोजगारदाता कम्पनी र रोजगारी खोजिरहेका व्यक्तिहरू फेस्टमा सहभागी हुनेछन् । कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थीमात्रै नभई सर्वसाधरणहरु र शीर्ष कम्पनीहरूलाई एउटै स्थानमा ल्याई रोजगारीको अवसर प्रदान गर्ने, नेटवर्किङ बढाउने, र ज्ञान आदान–प्रदान गर्ने गतिशील मञ्चको रूपमा सेवा पुर्याउने लक्ष्यको साथ यो कार्यक्रमको आयोजना भएको कलेजले जनाएको छ ।

५० भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहने फेस्ट, रोजगारदाता तथा रोजगारीको खोजी गरिरहेका व्यक्तिहरुको लागि फलदायी हुने कम्पनीको विश्वास छ । फेस्टमा सहभागी हुने रोजगारदाता कम्पनीहरूले सो संस्थाको बिभिन्न पक्षहरुको बारेमा जानकारी प्रदान गर्नेछन् । साथै, सो कम्पनीहरुले प्रत्यक्ष अन्तरर्वार्ता लिई रोजगारीको अवसर समेत प्रदान गर्न सक्नेछन् । एउटै मञ्चबाट दुवै पक्षले फाइदा लिन सक्ने फेस्ट सरल र प्रभावकारी माध्यम भएको कलेजको विश्वास छ ।

ब्रिटिस कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले नेपालमा रहेको ‘ब्रेन ड्रेन’को समस्या समाधान गर्नको लागि यो पहल महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । ‘रोजगारीको अवसर पाउन कठिन भइरहेकोले नेपालबाट क्षमतावान् व्यक्तिहरू पलायन भइरहेको छन् । करियर फेस्ट २०२४ ले स्थानीय प्रतिभा पहिचान गर्दै रोजगारीको अवसर चाहिएका व्यक्तिहरूलाई नेपालमै सन्तोषजनक काम प्रदान गर्नको लागि आयोजना गरिएको हो,’ प्रिन्सिपल म्याकक्रुडेनले भने, ‘यस्ता खालका कार्यक्रमहरूले प्रतिभा बाहिरिने प्रवृत्तिलाई रोक्न मद्दत पुर्याउन सक्छ, जसले नेपालको आर्थिक विकासलाई मजबुत बनाउन र उज्ज्वल भविष्यको मार्ग प्रशस्त गर्नेछ ।’

ग्रोथ सेलर्सका संस्थापक, मोहन ओझाले ब्रिटिस कलेजले आयोजना गर्न लागेको फेस्ट रोजगारी खोज्नेहरूलाई फलदायी हुने विश्वास व्यक्त गरे । ‘हामी सबै रोजगारी खोजिरहनुभएका व्यक्तिहरुलाई आवेदन दिन र कार्यक्रम दौरान आफ्नो लक्ष्यसँग मेल खाने कम्पनीहरूलाई भेट्नको निमन्त्रणा गर्दछौं,’ ओझाले भने, ‘यो तपाईंको भविष्यलाई आकार दिन सक्ने सम्बन्धहरू बनाउनको लागि एक विशेष मौका हो । यस मौकाको फाइदा उठाउनको लागि यथाशक्य चाँडो रजिस्टर गरि अवसरको फाइदा उठाउनको लागि अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  १ : १४ बजे

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग