२० माघ २०८२, मंगलबार | February 3, 2026

आजबाट अल्फाबिटाको सेवा नेपालगन्जबाट



काठमाडौं । शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आजबाट आफ्नो शाखा नेपालगन्जमा सञ्चालनमा ल्याएको छ ।

अल्फाबिटाले नेपालगन्ज उपमहानगरपालिकास्थित धम्बोजीमा नेपालगन्ज सेन्टर सञ्चालनमा ल्याएको हो । अल्फाबिटा सेण्टरको आज एक समारोहका बीच नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी र अल्फाबिटाका प्रमुख कार्यकारी प्रमुख द्वयराज शर्मा शिवाकोटीले पानसमा दिप प्रज्वलन गरि शुभारम्भ गरे ।

उदघाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष धामीले अल्फाबिटाको नेपालगन्ज आगमनले बिदेश जान चाहने नेपाली युवाहरुले सहि र व्यवहारिक परामर्श प्राप्त गर्न सक्ने विश्वास ब्यक्त गरे । उनले अल्फाबिटाको नेपालगन्ज रोजाईलाई धन्यवाद दिँदै यसको सफलताको शुभकामना दिए ।

अल्फाबिटाका सिइओ शिवाकोटीले विदेशमा अध्ययनका लागि गएका ९० प्रतिशत युवाहरु सफल भएको दाबी गर्दै उनीहरुले विदेशका बिभिन्न स्थानहरुमा नेपालको नाम चम्काएको बताए । उनले प्रजातन्त्र प्राप्तीले नेपालीहरुले पनि विश्वमानचित्रलाई अध्ययन गर्ने अवसर प्राप्त गरेको उल्लेख गर्दै भूराजनीतिका कारण नेपाली युवाहरुले विदेश देख्ने र अनुभूति गर्न पाएको बताए ।

काठमाडौं उपत्यकाबाहिर बिर्तामोड, पोखरा इटहरी, चितवन, विराटनगर, दमकमा आफ्नो सेवा दिइरहेको अल्फाबिटाले आजबाट नेपालगन्जमा आफ्नो सेवा दिन सुरु गरेको हो ।

उदघाटनको अवसरमा नेपालगन्जमा ‘इन्टरनेसनल एड्मिसन डे’ को पनि आयोजना गरिएको थियो । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन परामर्श मेलामा विभिन्न देशका प्रतिष्ठित युनिभर्सिटीहरुका प्रतिनिधिको सहभागिता रहेको अल्फाबिटाको नेपालगन्ज सेन्टरका सञ्चालक विजय भण्डारी (बास)ले बताए । उनले नेपालगन्जको सेन्टरले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलाई समेत परामर्श सेवा दिने जानकारी दिए ।

मेलामा प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर त्यहाँको शिक्षा नीति, भर्ना, छात्रवृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक सम्पूर्ण विषयको बारेमा जानकारी लिएको उनले बताए ।

विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत अल्फाबिटाले इथिकल परामर्श, विश्वस्तरको संरचना, गुणस्तरीय शिक्षक, विश्वविद्यालयसँग विश्वसनियता र सेवाको गुणस्तरलाई आफ्नो विशेषताको रुपमा स्थापित गरेको छ । यसले यूके–युरोप, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत देशमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १० : १४ बजे

कांग्रेसले निर्वाचनका लागि प्रदेश-जिल्ला समेट्ने केन्द्रीय प्रतिनिधि खटायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन

जापानको सहयोगबाट नेपाल र नेपालीहरू अत्यन्त लाभान्वित भएका छन् : राष्ट्रपति पौडेल

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज

देश जोगाउने दायित्व एमालेको काँधमा आएको छ : गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं. २

सुदुरपश्चिमका १६ वटै क्षेत्रमा सशस्त्रको ‘निर्वाचन सुरक्षा बेस’ स्थापना हुँदै

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक