१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बिहारमा २.५० करोडको भैसी विक्रिमा, जो बियर खान नपाएर भइरहेछ सुस्त



पटना । बिहारको सोनपुर मेलामा २ करोड ५ लाख भारतीय रुपैयाँको मुर्रा जातको भैँसी आकर्षणको केन्द्र बनेको छ । एक किसानले बनारसबाट मेलाका लागि बिहार ल्याएका छन् । भैंसीको नाम राजा हो, जसको उमेर तीन वर्ष रहेको बताइएको छ ।

तर बिहारमा रक्सी पिउन नपाएका कारण सो भैसींको चमक घटेको राजाका मालिक बताउँछन् । जानकारीका अनुसार यो भैँसीले दैनिक दुई बोतल बियर पिउने गरेको छ ।

बिहारको सोनपुर मेलामा ल्याइएको भैंसीको मूल्य २ करोड ५ लाख रुपैयाँ रहेको छ, जुन मुर्रा जातको हो । बिहारको सोनपुर मेलामा बिक्री गर्न बनारसबाट ल्याइएको हो । यस भैंसीको विशेष कुरा यो हो कि यसले हरेक दिन बियरको बोतल पिउने गर्छ ।

बिहारमा आउने यो भैंसीले धेरै समस्या झेलिरहेको छ किनभने बिहारमा रक्सी निषेध गरिएको छ। यसबारे भैंसीका मालिकले बियर नपाउँदा भैंसीको चर्को चमक घटेको बताउँछन् । जसका कारण उनी अलिकति सुस्त देखिन्छन् ।

भैंसी मालिकका अनुसार मोकामाका पूर्व विधायक अनन्त सिंहले उनीसँग भिडियो कलमा कुरा गरेका थिए। उनले भिडियो कलमार्फत राजालाई देखेका थिए। मालिकले आफ्नो भैँसीको मूल्य २ करोड रुपैयाँभन्दा बढी रहेको जनाउँदै अनन्त सिंहले मात्रै किन्न सक्ने बताए । उनका अनुसार उनी बाहेक यो भैँसी अरु कसैले लिन सक्दैन । बिहारका शक्तिशाली नेता आनन्द सिंह सोनपुर मेलामा पुगे तर भैंसी किन्न भने चाहेनन्, न्युज २४ ले लेखेकाे छ ।

यसअघि पनि भारतमा २३ करोड मूल्यको भैंसी भाइरल भइसकेको छ । जसको नाम अनमोल भनियो । यसअघि पटनाको भेटेरिनरी ग्राउन्डमा भएको डेयरी एण्ड क्याटल एक्स्पोमा १० करोडको भैंसी गोलु-२ पुगेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ९ : ५८ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत