२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

गुलरियामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि क्षमता विकास तालिम



बर्दिया । बर्दियाको गुलरियामा प्रारम्भिक बाल विकास शिक्षकहरूको क्षमता विकास तालिम सुरु भएको छ । प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सशक्त बालिका परियोजना अन्तर्गत प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि ६ दिने क्षमता विकास तालिम सञ्चालन भएको हो ।

तालिमको सुभारम्भ गर्दै बाँके युनेस्को क्लबका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले तालिमको उद्देश्य र यसले बालबालिकाको समग्र विकासमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराए ।

तालिमको मुख्य उद्देश्य बाल विकास शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै बालबालिकाको सिकाइमा गुणात्मक सुधार ल्याउनु रहेको उनले बताए। गुलरिया, मधुबन, र बडैयाताल गाउँपालिकाका १५ विद्यालयबाट आएका २० जना शिक्षकहरूले तालिममा सहभागिता जनाएका छन्।

पहिलो दिनको तालिममा, प्रशिक्षक झल कुमारी कार्कीले बाल विकासको अवधारणा, यसको महत्व, र शैक्षिक सामग्री निर्माण सम्बन्धी विषयहरूमा प्रशिक्षण दिएकी थिइन्।

परियोजना अधिकृत इश्वर विकको कार्यक्रममा अनुगमन मूल्यांकन अधिकृत अनु चौधरीको उपस्थिति पनि महत्त्वपूर्ण रह्यो।

यस तालिमले शिक्षकहरूको शैक्षिक दक्षता वृद्धि गर्दै स्थानीय विद्यालयहरूको शैक्षिक गुणस्तरमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ८ : ४४ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि