१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्रधानमन्त्रीविरुद्ध नक्कली कागजातको आधारमा भ्रम सिर्जना गर्नु राष्ट्र र जनता विरुद्धको षडयन्त्र : एमाले महासचिव



काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री विरुद्ध नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्न खोजिएको बताएका छन् ।

प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको महासचिव पोखरेलले बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रेको प्रमाण भन्दै भिडियोमार्फत केही अपुष्ट कागजपत्र सार्वजनिक गरेका छन् । प्रसाईंको त्यो आरोपसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रधानमन्त्रीमाथि लगाएको गम्भीर आरोपलाई एमाले महासचिव पोखरेलले कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष भनेका छन् ।

पोखरेलले भनेका छन् :

देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो ।

कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो । यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ४४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले