७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपाभित्रको अस्थायी युद्धबिरामलाई पूर्णबिराम लगाउने विवाद समाधान कार्यदलको प्रतिवेदन (पूर्ण पाठसहित)



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र शिर्ष नेतृत्वबीच घनघोर युद्ध चल्यो ।

गत बैशाखदेखि सुरु भएको यो युद्ध वास्तवमा कुनै विचार, सिद्धान्त, आदर्श भन्दा पनि पद प्राप्ति र पद जोगाउनका लागि थियो ।

पार्टीका दुई अध्यक्षबीच चर्किएको विवादले नेकपा झण्डै झण्डै फुटको अवस्थासम्म आइपुग्यो । अध्यक्षद्वयको विवादमा अन्य शिर्ष नेताहरु पनि आआफ्नै स्वास्र्थले जोडिए ।

पहिला गरिएका सहमतिलाई इमान्दारितापूर्वक पालना नगर्दा नेकपा गम्भीर संकटमापरेको थियो । पार्टी कम्युनिष्ट पार्टी भन्दा पनि स्वार्थका लागि जोडिएको वुर्जुवा पार्टी जस्तै बनेको थियो ।

नेताहरुमा रहेको अहंकार, अस्थिरता, इगो, कुण्ठाको एकमुष्ठ रुप नेकपा बनेको थियो, जहाँ जसले जे गरेपनि हुने अवस्था निम्तिएको थियो ।

बैशाखमा सुरु भएको नेतृत्वबीचको अन्तरविरोधमा केही समयका लागि युद्धबिराम जस्तै देखिए पनि गत असारमा सुरु भएको स्थायी कमिटी बैठकपछि विस्फोटक अवस्थामा पुग्यो ।

नेकपाभित्रको विवादमा अवश्य पनि बाहिरी शक्तिले चलखेल क्याटलिष्टको भूमिका खेलेकै हुन् । असार १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेताहरुलाई समेत आरोपित गर्ने गरी त्यो चलखेलबारे प्याच्च नबोलेको भए सम्भवतः नेकपाको युद्धविराम थप केही समय लम्बिथ्यो । तर, असार १६ गतेबाट विस्फोटक बन्नपुग्यो ।

अध्यक्षद्वयकै बीचमा समेत छलफल हुने अवस्था नदेखिएपछि पार्टी एकताको पक्षधर नेताहरुको तिब्र दबाबले बढेको थियो । पार्टी फुटका लागि समेत आआफ्ना गुटहरुलाई सक्रिय बनाएका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं माधव नेपालहरु एकता पक्षधर नेताहरुको समुह बढ्दै गएपछि गल्दै गएका थिए ।

र, अन्ततः पार्टीमा देखिएका अहिलेसम्मको विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गर्न अध्यक्षद्वय ओली र प्रचण्ड तयार भएका थिए । पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले एक सातामै प्रतिवेदन तयार पारेर अध्यक्षद्वयलाई बुझाइसकेको छ ।

कार्यदलले सरकार संचालन र पार्टी संचालनलाई प्रभावकारी बनाउन कार्यविभाजन समेत गर्ने प्रस्ताव गरेको छ ।

गत मंसिर ४ गते अध्यक्षद्वय ओली र प्रचण्डबीच भएको सहमतिअनुसार सरकारलाई पाँचवर्षसम्म स्थीर राने र पार्टी संगठनलाई अगाडि बढाउन अध्यक्षद्वयको भूमिकाको पुर्नव्याख्या गर्ने सुझाव दिएको छ ।

कार्यदलले सरकारको काम प्रभावकारी बनाउन संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठनको प्रस्ताव अगाडि सारेको छ ।

देशलाई विकास, समृद्धि, सामाजिक न्याय र समाजवादतर्फ अघि बढाउन आगामी निर्वाचनमा अहिलेको भन्दा अनुकूल परिणाम प्राप्त गर्ने तयारीका साथ अघि बढ्नु पर्ने भएकाले मन्त्रिपरिषद्को पुनर्गठनलगायतका काम गर्न कार्यदलको प्रतिवेदनमा सुझाव दिइएको छ ।

कार्यदलको प्रतिवेदनमा ‘सचिवालयका सदस्य कमरेडहरूको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डको आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिसम्बन्धी निर्णय गर्ने’ उल्लेख गरिएको छ ।

प्रतिवेदनमा थप के छ ? पूर्ण प्रतिवेदन पढ्नका लागि यो हेर्नुहोस                                                            [pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/08/final-final.pdf”]

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ६ : १५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११