६ श्रावण २०८३, बुधबार | July 22, 2026

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू, कुल नगद पुरस्कार ६७ लाख ३२ हजार



काठमाडौं । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू हुँदैछ।

आयोजक प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले आज पत्रकार सम्मेलन आयोजना गर्दै सूर्य नेपाल गल्फ टुर २०२४/२५ को सिजनमा कुल आठ प्रतियोगिता सञ्चालन हुने जनाएको छ।

सिजनको कुल नगद पुरस्कार ६७ लाख ३२ हजार रहेको छ। गत संस्करण भन्दा यो नगद पुरस्कार राशी ५ प्रतिशतले वृद्धि भएको हो। गल्फ टुरलाई १८औं संस्करणमा पनि प्रमुख प्रायोजक सूर्य नेपाल प्रालिको साथ रहेको छ। सूर्य नेपालको यो साथले नेपाली गल्फ विकासमा ठुलो योगदान पुगेको भन्दै प्रोफेसनल गल्फर्स एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले प्रायोजकलाई धन्यवाद दिए।

सिजनको आठ प्रतियोगिता विभिन्न चार गल्फ क्लबमा हुने तय भएको छ। तर एउटा प्रतियोगिता भने त्रिभुवन आर्मीको गल्फ क्लबमा हुन सक्ने नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले बताए। अहिलेको लागि काठमाडौंको गोकर्ण गल्फ क्लब र रोयल नेपाल गल्फ क्लबमा समान ३र३ प्रतियोगिता हुने भनिएको छ। यसैगरी पोखरा र धरानमा एकरएक प्रतियोगिता क्यालेन्डरमा उल्लेख छ।

गल्फ टुरको नियमित आयोजनाले प्रोफेसनल गल्फरहरूसँगै एमेच्योर गल्फरहरूलाई पनि सहयोग पुगेको ठम्याई महासचिव आचार्यको छ। उनका अनुसार यही टुरमा निरन्तर सहभागीताले एमेच्योर खेलाडीहरूबाट अन्तराष्ट्रिय स्तरमा नतिजा आउन सुरू गरेको छ। आठ मध्ये सात प्रतियोगिता स्ट्रोक प्ले फर्मयाटमा हुनेछ। भने म्याच प्लेको फर्मयाट फरक हुनेछ। जहँ अर्डर अफ मेरिटमा टप १६ मा रहेका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन। नगद पुरस्कार राशीको आधारमा सबैभन्दा ठुलो प्रतियोगिता भने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुनेछ। जसको कुल पुरस्कार १६ लाख १९ हजार रहनेछ।

सूर्य नेपाल गल्फ टुर २०२४/२५ मा हुने प्रतियोगिताहरू :
१. सूर्य नेपाल सेन्ट्रल ओपन, गोकर्ण, ८ लाख ८२ हजार
२. सूर्य नेपाल काठमाडौं ओपन, आरएनजिसी ७ लाख ३५ हजार
३. सूर्य नेपाल इस्टर्न ओपन, धरान, ८ लाख ८२ हजार
४. सूर्य नेपाल वेस्टर्न ओपन,पोखरा, ८ लाख ८२ हजार
५.सूर्य नेपाल च्यालेन्ज, आरएनजिसी, ६ लाख
६.सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप, गोकर्ण, ८ लाख ८२ हजार ७।सूर्य नेपाल एनपिजिए म्याच प्ले, आरएनजिसी, २ लाख ५० हजार ८।सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप, गोकर्ण, १६ लाख १९ हजार

पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन भोलिदेखि
सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन भोलिदेखि गोकर्ण गल्फ क्लबमा हुँदैछ। चार दिन सम्म चल्ने प्रतियोगितामा ३ ४ प्रोफेसनल र तीन वा तीन भन्दा कम ह्यान्डीक्याप भएका १३ एमेच्योर खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्नेछन। ३६ होलपछि कट हुनेछ।

प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ। जहाँ विजेताले १ लाख ५० हजार, दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश १ लाख र ७५ हजार प्राप्त गर्नेछन। यो प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन एमेच्योर खेलाडी सदभाव आचार्य हुन् । उनलाई कडा चुनौती दिने तयारीमा प्रोफेसनल गल्फरहरू भुवन नगरकोटी, निरज तामाङ, रवि खड्का, सञ्जय लामा, धन थापा र कुमार कामी रहेका छन। गत सिजन पनि एमेच्योर खेलाडीको प्रभाव बढी थियो। त्यसैले प्रो गल्फर यो पटक पनि दबाबमा रहन सक्छन।

 

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ४ : ५६ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको