२० मंसिर २०८२, शनिबार | December 6, 2025

पिसिआर परिक्षणको रिपोर्ट आउन एक साताभन्दा बढी



चितवन । कोरोना सङ्क्रमित बढ्दै गएपछि प्रयोगशालामा चाप बढ्दा नतिजा आउन ढिलाइ हुन थालेको छ ।

नमुना परीक्षणका लागि दिएकाले नतिजाका लागि एक सातासम्म कुर्नु परेको गुनासो गरेका छन् ।

पूर्वी चितवनको खैरहनीका पत्रकार धु्रवराज खनालले पिसीआरको नतिजा आउनका लागि एक साताभन्दा बढी कुनुपर्ने भएकाले त्यहाँका चार नगरपालिकाले प्रयोगशाला स्थापना गनुपर्ने माग बढेको बताए ।

रतननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार समयमा नतिजा नपाएपछि समस्या हुने गरेको बताए । उनले चार नगरप्रमुखहरुको बैठकले वागमती प्रदेश सरकारसँग प्रयोगशाला स्थापनाका लागि अनुरोध गरिएको बताए ।

भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदी स्वाबको नतिजा पाउन एक साता कुर्नु परेको बताए । उनले भने, ‘सोमबार नमूना पठाएको नतिजा हिजो (आइतबार) प्राप्त गरेका छौँ ।” महानगरका ३ सय स्वाबको नतिजा आउन अझै बाँकी छ । समयमा नतिजा नआउँदा घरमा थुनिएर बस्नु परेको स्थानीयको गुनासो छ ।

जिल्लामा एउटा मात्र सरकारी प्रयोगशाला रहेको छ । भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड १९ प्रयोगशालाको क्षमता कम छ भने नमूना सङ्कलनको चाप बढेको छ ।

प्रयोगशाला प्रमुख डा. नीतु अधिकारी प्रयोगशालाले सात घण्टामा ९६ वटा मात्र नमूना परीक्षण गर्न सक्ने बताइन् ।

नमूनालाई मिसाएर गरिने पुल म्याथडबाट २४ घण्टामा ६ सय सम्म नतिजा निकाल्ने गरेको उनले बताए । पाँचवटा सम्म नमूनालाई मिसाएर परिक्षण गरिने गरेको छ । सबै नमूनालाई मिसाउन नमिल्ने भएकाले चाप अनुसारको नमूना परीक्षण गर्न कठिन भएको अधिकारीको भनाइ छ । प्रयोगशालामा हाल आठ जना प्राविधिक कर्मचारीले काम गरिरहेका छन् । उनले भनिन्, “रात दिन काम गरिरहेको भएपनि समयमा नतिजा दिन सकेका छैनौँ ।”

हाल प्रयोगशालामा ९ सय भन्दा बढी नमूना परीक्षणका लागि पालोमा राखिएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजरराज अधिकारी अस्पतालहरुमा सङ्क्रमण फैलँदा बन्द भएका सेवा सञ्चालनका लागि चिकित्सक, स्वास्थ्यकर्मीको नमूना परीक्षण प्राथमिकतामा राखिएकै कारण क्वारेन्टिनमा वसेकाहरुको नतिजा आउन ढिला भएको बताउँछन् । उनले भने, “चिकित्सक, स्वास्थ्यकर्मीको परिक्षण गरेर जति सक्दो छिटो अस्पताल खोल्नुपर्ने बाध्यताका कारण क्वारेन्टिनका नमूनाको नतिजा आउन ढिलाई भएको हो ।”

जिल्लामा निजी क्षेत्रबाट चितवन मेडिकल कलेजले प्रयोगशाला संञ्चालनमा ल्याएको छ । सो प्रयोगशालामा ६ घण्टामा ४ सय जनाको परीक्षण गर्न मिल्छ । सरकारी तवरबाट सङ्कलन भएका नमूना पठाएमा आफुहरु परीक्षणका लागि तयार रहेको अस्पतालका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले बताए ।

उनका अनुसार मेडिकल कलेजको प्रयोगशालामा प्रत्यक्ष रकम तिरेर परीक्षण गर्न आउनेहरु दैनिक २ सय हाराहारी छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी प्रमुख डा. रुना झा सामान्यतया ७२ घण्टा भित्र नतिजा दिने गरी काम गर्नुपर्ने बताउँछिन् । त्यहाँ बढी चाप भएमा नमूना यहाँ पठाउन आफूले भनिसकेको उनले बताइन् ।

सरकारी प्रयोगशाला जहाँ कम चाप छ त्यही पठाएर व्यवस्थापन गर्न सकिने उनको भनाइ छ । निजी प्रयोगशालामा भने हालसम्म नपठाइएको उनले बताइन् । यहाँको सरकारी प्रयोगशालामा जिल्लाका सात स्थानीय तह, सरकारी र निजी अस्पताल, मेडिकल कलेजसँंगै छिमेकी जिल्लाबाट समेत नमूना पठाईने गरेको छ । चैत अन्तिम साता शुरु भएको सो प्रयोगशालाले हाल सम्म १८ हजार नमूना परीक्षण गरीसकेको छ । जिल्लामा पछिल्ला दिनहरुमा सङ्क्रमण वढ्दो छ । हालसम्म ३६८ जना सङ्क्रमित भईसकेका छन् भने तीन जनाको मृत्यु भएको छ । अस्पतालमा सङ्क्रमण फैलिएपछि आकस्मिक वाहेकका सेवा वन्द भएका भरतपुर अस्पताल र वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल हाल सञ्चालनमा आएका छन् । रासस

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ५ : ५६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय