२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

लुम्बिनी प्रदेशमा पिसिआर परिक्षणको लागी तीनवटा पूर्ण स्वचालित मेसिन जडान



बुटवल । कोरोना भाइरस कोभिड-१९ को पिसिआर परिक्षणकालागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पूर्ण स्वचालित मेसिन जडान गरिएको छ । यो सँगै लुम्बिनी प्रदेशमा तीनवटा पूर्ण स्वचालित मेसिन जडान भएका छन् ।

प्रयोगशालामा जडान भएको स्वचालित मेसिनले एक पटकमा २४ वटा नमूना जाँच गर्न मिल्छ । स्वचालित आरएनए एक्सट्रक्सन मेसिनबाट पिसिआर परिक्षण गर्दा एक घण्टामा रिपोर्ट तयार हुन्छ ।

म्यानुअली आरएनए एक्सट्रक्सन गर्दा ६ घण्टा समय लाग्थ्यो । म्यानुअलको तुलनामा स्वचालित मेसिनले जनशक्ति र समय दुबै कम लाग्ने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ईञ्चार्ज प्रेम यादवले जानकारी दिए ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले एक पटकमा ९६ वटा पिसिआर जाँच गर्न मिल्ने पूर्ण स्वचालित मेसिनको समेत खरिद सम्झौता गरिसकेको छ । बिश्व बजारमा प्रयोगमा आएका नयाँ प्रविधियुक्त उपकरणहरु प्रयोगशालाहरुमा जडान गर्दै जाने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

दायरा बढाउन म्यानुअल र स्वचालित दुबै मेसिनले परिक्षण भैरहेको र दशैँ अघि संक्रमण भएका सबै ब्याक्तिलाई पहिचान गरेर संक्रमण समुदाय स्तरमा फैलिन रोक्ने मन्त्री बरालको दाबी छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा अहिले ६ सय बढी नमूनाको लाम छ । पूर्ण स्वचालित मेसिनले परिक्षण थालेपछि त्यो लाम कम हुने प्रयोगशालाले जनाएको छ ।

अहिलेसम्म प्रयोगशालामा ३० हजार बढी नमूना परिक्षण भएको तथ्यांक छ । प्रदेश पाँचमा ६ वटा सरकारी र दुई वटा निजि प्रयोगशालाबाट पिसिआर परिक्षण भैरहेको छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, बाँकेको भेरी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरि तीनवटा पूर्ण स्वचालित मेसिन छन् । प्रदेश प्रयोशालालाई संयुक्त राष्ट्र विकास कार्यक्रम ९यूएनडीपी०ले मेसिन उपलब्ध गराएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ४६ बजे

खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने छ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन् : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मतदाताका कुरा सुन्दै, योजना सुनाउदै विश्वदीप

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले