१८ चैत्र २०८२, बुधबार | April 1, 2026

लिला बल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको निवेदन दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका पूर्वमन्त्री एवं नेकपा (एमाले) नेता लिला बल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिट निवेदनलाई दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ ।

रजिष्ट्रार भद्रकाली पोखरेलले आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदन दरपीठ गरेका हुन् । “कुनै अदालत वा न्यायिक निकाय वा अधिकारीसमक्ष नेपाल सरकारको तर्फबाट मुद्दा चलाउने वा नचलाउने भन्ने कुराको अन्तिम निर्णय गर्ने अधिकार महान्यायाधिवक्तालाई हुनेछ भन्ने व्यवस्था रहेको छ”, दरपीठ आदेशमा भनिएको छ, “उक्त मुद्दाको अभियोगपत्रमा ‘लिला बल्लभ अधिकारीको प्रस्तुत वारदातमा सङ्लग्न रहेको वस्तुनिष्ठ प्रमाण हालसम्मको अनुसन्धानबाट नदेखिएकाले निजउपर थप प्रमाण प्राप्त भएका बखत कानुनबमोजिम हुने नै हुँदा….’ भनी उल्लेख भएको परिप्रेक्षमा प्रस्तुत रिट निवेदन यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दर्ता गर्न मिलेन ।”

सरकारी वकिल कार्यालय काठमाडौँले मन्त्री अधिकारीविरूद्ध यही मङ्सिर १० गते मुद्दा नचलाउने निर्णय गरेको थियोे ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ९ : १३ बजे

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध

चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको

नेप्सेमा पहिरो जाने क्रम रोकिएन, आज ७४ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७४ दशमलव ७३

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारी प्रयासविरुद्ध १४ संगठनको संयुक्त विरोध

काठमाडौं । विद्यार्थी संगठनहरु खारेज गर्ने र विश्वविद्यालयबाट विद्यार्थी संगठनहरूलाई