१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

स्थानीय तह उपनिर्वाचन : गुल्मीको मुसिकोट-१ मा कांग्रेसका श्रेष्ठ विजयी



गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका-१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गर्दै उनी विजयी भएको मुख्य निर्वाचन अधिकृत युवराज गौतमले जानकारी दिए ।

उनका अनुसार श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का दलबहादुर थापाले नौ सय ३० मत प्राप्त गरे । साथै नेकपा (माओवादी केन्द्र)का दुर्गाबहादुर विकले एक सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरी खातीले पाँच मत प्राप्त गरेका छन ।

मुसिकोट नगरपालिका-१ मा चार हजार ९१ मतदातामध्ये दुई हजार तीन सय ३४ जनाले मतदान गरेका थिए । तीन मतदानस्थल एवं पाँच वटा मतदान केन्द्र रहेको उक्त वडामा नेपाल राष्ट्रिय सर्वोदय माविको अमराई मतदान केन्द्रमा एक हजार नौ सय ४५, सरस्वती मावि मतदान केन्द्रमा एक हजार दुई सय ९७ र जनज्योति मावि केन्द्र अरेबामा आठ सय ४९ मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत रिषीराम घिमिरेले जानकारी दिए ।

वडाध्यक्ष पदका लागि आठ जनाको मनोनयन दर्ता भएको थियो । मुसिकोट-१ मा तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ५२ बजे

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया