१ पुस २०८२, मंगलबार | December 17, 2025

कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै पुथाउत्तरगंगामा माओवादीकी नरपुरा विजयी



काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छिन् ।

कांग्रेस एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा विजयी भएकी हुन् ।

बुढाले ३६२७ मत ल्याइन । कांग्रेसको चुनाव चिन्ह रुख लिएर उम्मेदवार बनेकी एमालेकी तुलाचनले २१२८ मत पाइन् ।

यसअघि २०७९ मा भएको निर्वाचनमा माओवादीबाट भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन । बुढाको गत भदौमा बागलुङमा भएको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

भुपेन्द्रासँगै वडा नम्वर २ का वडाअध्यक्षको पनि निधन भएको थियो । सो वडामा माओवादी उम्मेदवार जीतबहादुर घर्ती निर्विरोध निर्वाचित भैसकेका छन् ।

 

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ३ : ५९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष