२ चैत्र २०८२, सोमबार | March 17, 2026

‘ऐतिहासिक सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छ’



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ऐतिहासिक सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताएका छन् ।

विश्व सम्पदा सूचीँमा रहेको भक्तपुर दरबार क्षेत्रस्थित ऐतिहासिक थन्थु दरबारलगायत निर्माणाधिन सम्पदाहरूको आज अवलोकन गर्दै बिजुक्छेँले स्थानीय तहले ऐतिहासिक सम्पदाको संरक्षण गर्ने जिम्मेवारी पाए देशभरकै सम्पदा संरक्षण हुने बताए ।

सम्पदाको महत्त्वबारे नयाँ पुस्तालाई अवगत गराउन सके स्वतः स्फूर्त रूपमा संरक्षण र सम्बर्द्धन हुँदै जाने बताउँदै उनले भक्तपुरको मौलिक पहिचान नै यहाँको परिचय भएकाले यसको संरक्षण अवश्यक रहेको बताए ।

अध्यक्ष बिजुक्छेँले भक्तपुरको मौलिक स्वरूप संरक्षण एवं सम्पदा पुनःनिर्माण कार्यमा भक्तपुर नगरपालिकाको अग्रसरता प्रशंसनीय भएको चर्चा गर्दै सम्पदा पुनःनिर्माणमा स्थानीय जनताको साथ र सहयोग पनि महत्त्वपूर्ण रहेको औँल्याए ।

बिजुक्छेँले थन्थु दरबरको पुनःनिर्माणसँगै गःहिटीस्थित निर्माणाधीन ऐतिहासिक लक्ष्मीनरसिंह मन्दिर र तालाक्वमा अवस्थित इखालाछी मठ पुनःनिर्माण कार्यको पनि अवलोकन गर्दै यसको अवस्थाबारे चासो दिएका थिए ।

सात सय वर्ष पुरानो भक्तपुरको लक्ष्मीनरसिंह मन्दिरभित्र शक्तिसहितको शान्त भावको लक्ष्मीलाई साथमा लिएको नरसिंहको मूर्ति अवस्थित छ भने भक्तपुर महोत्सव नजिकिएसँगै नगरपालिकाले यहाँका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदाको पुनःनिर्माण र संरक्षण कार्यलाई तीव्रता दिएको छ ।

निरीक्षणको क्रममा भक्तपुर नगरका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायतले यहाँको एतिहासिक सम्पदाको अवस्था, पुनःनिर्माणलगायतका विषयमा चासो दिएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ८ : ५० बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित