२० मंसिर २०८२, शनिबार | December 6, 2025

एप्पलमाथि आफ्ना कर्मचारीको जासुसी गरेको आरोप, कर्मचारीले नै हाले मुद्दा



क्यार्लिफोनिया । टेक कम्पनी एप्पल माथी आफ्ना यन्त्र र आईक्लाउड खाताहरूमार्फत आफ्ना कर्मचारी माथी गैरकानूनी रूपमा जासुसी गरेको आरोप लागेको छ। कम्पनीको डिजिटल विज्ञापन विभागमा कार्यरत कर्मचारी अमर भक्तले क्यालिफोर्नियामा मुद्दा दायर गर्दै यस्तो आरोप लगाएका हुन् ।

अमरले दाबी गरेका छन् कि एप्पलले कर्मचारीहरूलाई उनीहरूको रोजगारीको शर्तको रूपमा गोपनीयताको अधिकार त्याग्न आग्रह गर्ने गर्दछ । दायर मुद्दामा यो पनि आरोप छ कि एप्पलले कर्मचारीहरूलाई एक नीतिमा सहमत हुन आवश्यक छ, जस अन्तर्गत कम्पनीले उनीहरूलाई घरमा हुँदा पनि शारीरिक, भिडियो र इलेक्ट्रोनिक रूपमा निगरानी गर्न गरिरहेको हुन्छ ।

एप्पलले कर्मचारीहरूलाई कामको लागि प्रयोग गर्ने कुनै पनि व्यक्तिगत उपकरणमा सफ्टवेयर स्थापना गर्न आवश्यक छ, यो सफ्टवेयरले एप्पललाई कर्मचारीहरूको व्यक्तिगत उपकरणमा केही एपहरू जोडिएको हुन्छ ।

मुद्दामा एप्पलको बगैचाँ इकोसिस्टम कर्मचारीका लागि पर्खाल होइन, यो जेल हो। एक प्यानोप्टिकन जहाँ कर्मचारीहरू ड्युटीमा छन् वा छैनन् एप्पलको निगरानीमा रहन्छन्। अमर भन्छन् कि, ‘एप्पलले कर्मचारीहरूको व्यक्तिगत डाटाको जासुसी गर्छ।’

मिडिया रिपोर्टका अनुसार एप्पलको नीतिले भनेको छ कि कर्मचारीको व्यक्तिगत खातासँग सम्बन्धित कुनै पनि डाटा उनीहरूको व्यक्तिगत उपकरण प्रयोग गर्दा कम्पनीको खोजीको अधीनमा रहन्छ, जसमा इमेलहरू, फोटोहरू, भिडियोहरू, नोटहरू र अन्य चीजहरू समावेश छन्।

मिडिया रिपोर्टका अनुसार, एप्पलले एक विज्ञप्ति जारी गर्दै मुद्दामा गरिएका दाबीहरूको कुनै सत्यता नभएको प्रस्टाएको छ । कम्पनीका प्रवक्ता जोस रोजेनस्टकले भने, ‘एप्पलमा हामी विश्वका उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउनमा केन्द्रित छौं। यो भन्दा बढी केही होइन र छैन पनि ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १० : २४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय