२३ बैशाख २०८३, बुधबार | May 7, 2026

तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना



बेनी । जिल्लाको अन्नपूूर्ण गाउँपालिकाको मुहानबाट पर्वतको जलजला गाउँपालिकाका तीन वडामा खानेपानी वितरण गर्ने उद्देश्यले १३ वर्षअघि निर्माण सुरु भएको खानेपानी आयोजनाले अझै पूर्णता पाएको छैन् ।

जलजला म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको पर्वतको स्थानीय तह हो । जलजला–१ मलगाउँ, वडा नं २ को आरुबोट, वडा नं ५ को डाँडाकटेरी, बनमडे, लोप्रे, फलामेडाँडा, गैरीगाउँ, टिमुरबोट, अन्नेचौरका पाँच सय परिवारमा खानेपानी विस्तार गर्ने उद्देश्यले विसं २०६८ मा जलजला कुकुरचिहान खानेपानी आयोजना निर्माण सुरु भएको थियो ।

जलजला–५ का वडाध्यक्ष तिलकबहादुर जिसीले पर्याप्त बजेट व्यवस्थापन नहुँदा खानेपानी आयोजना निर्माण १३ वर्ष भइसक्दा पनि पूरा हुन नसकेको बताए । “रु तीन करोड भन्दा बढी लागत अनुमान गरिएको योजनाका लागि वर्षमा रु दुईदेखि पाँच लाखका दरले बजेट आउँदा निर्माणले गति लिन नसकेको हो”, उनले भने, “हालसम्म प्राप्त भएको रु ५० लाख खर्चेर वनमडे र लोप्रेका ६५ घरमा मात्र खानेपानी वितरण भएको छ ।”

सङ्घीयता कार्यान्वयन सुरु नहुँदै थालिएको योजना नयाँ संविधान जारी भएपछि प्रदेश सरकारमा हस्तान्तरण भएको थियो । योजनाले निरन्तरता पाए पनि बजेट भने पर्याप्त नआएको कुकुुरचिहान खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव समबहादुर तिलिजाले बताए ।

“स्वच्छ खानेपानीको आशमा यहाँको स्थानीयले १३ वर्ष बिताएका छन्”, उनले भने, “निर्माण गरेका इन्टेक, रिजर्भ ट्याङ्की र धारा पनि पानी नआउँदै जीर्ण भएका छन् ।” म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाँडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जङ्गलको मुहानको पानी सङ्कलन गरेर घरघरमा धारा बनाई वितरण गर्ने आयोजनाको लक्ष्य हो ।

स्थानीयले पुरानो आयोजनाको सार्वजनिक धारा, व्यक्तिगत लगानीमा स्थानीय मुहानमा पाइपलाइन जोडेर कुवा र खोल्साको पानी उपभोग गर्दै आएका छन् । खानेपानीको असुविधा हुँदा दैनिकी प्रभावित भएको स्थानीय पूर्खपुर्जा पुनले बताए । आयोजनाले समेटेको फलामेडाँडा पर्यटकीयस्थल पनि हो ।

चालु आर्थिक वर्षमा तीन वटा शीर्षकमा सो आयोजनाका लागि रु दुई करोड १० लाख बजेट विनियोजन भएको छ । प्रदेश सरकारले जलजला कुकुरचिहान क्रमागत आयोजनालाई रु १० लाख विनियोजन गरेको छ । सङ्घीय खानेपानी मन्त्रालयले जलजला बृहत् खानेपानी आयोजना एक, पाँच र सात तथा बाँसखर्क कुकुरच्यान जलजला एकदेखि पाँचको शीर्षकमा रु एक÷एक करोड विनियोजन गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त बजेटलाई समन्वय गरेर दोहोरो नपर्ने गरी कार्यान्वयन हुुने वातावरण बनाउने प्रतिबद्धता जनाए । आयोजना कार्यालयकाका प्रमुख पदमबहादुर कुँवरले फरक–फरक आयोजना अनुसार काम र क्षेत्र बाँडफाँड गरेर निर्माण गरिने उल्लेख गरे ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : ५८ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा