२५ भदौ २०८३, बिहिबार | September 10, 2026

भैरहवामा मंसिर २१ देखि ११ औं संस्करणको अन्तरविद्यालय टि-२० क्रिकेट प्रतियोगिता



भैरहवा । रुपन्देहीको भैरहवामा यही मंसिर २१ गतदेखि ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ हुने भएको छ । रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा प्रतियोगिता हुन लागेको हो । आयोजकले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी पुस २ गतेसम्म प्र्रतियोगिता संचालन हुने जानकारी दिए ।

विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । आफ्नो स्वर्गीय हजुरबुवा शेरबहादुर सेन्चुरीको स्मृतिमा पर्वत ज्वेलर्सका संचालक बिमल सेन्चुरीले विगत लामो समयदेखि प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएका छन् । विमल संघका पूर्व कार्यसमिति सदस्य समेत हुन् ।

संघका कोषाध्यक्ष निरजप्रताप खाँणले प्रतियोगिताले तल्लो तहबाटै खेलाडी उत्पादनमा सहयोग पुग्ने जनाए । उनका अनुसार प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी हुनेछन् । खाँणका अनुसार प्रतियोगिताका विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख रुपैयाँ लाग्ने संघका कार्यबाहक अध्यक्ष धीरज क्षेत्रीले जानकारी दिए ।

नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव एवं संघका पूर्वअध्यक्ष प्रशान्तविक्रम मल्लले स्कूल लेबलको खेलले नै भोलिका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए । यही स्कूल लेबलको क्रिकेट खेलका खेलाडीहरु कुशल भूर्तेल, कुशल मल्ल, देव खनाल लगायत आज राष्ट्रिय टिममा रहेको जनाउँदै उनले आगामी दिनमा पनि संघले गर्ने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउने विश्वास लिए ।

प्रतियोगिताको ११औं संस्करणसम्म आइपुग्दा थुप्रै जुनियर र सिनियर टिमका खेलाडी उत्पादन भएको संघले जनाएको छ । संघका सदस्य एवं खेल संयोजक भरत थापाले निश्चित मापदण्डअनुसार खेलाडी समाबेश गरी प्रतियोगिता गराइने जनाए । उनले स्कूल लेबलबाहेकका खेलाडी सहभागी नहुने भएकाले खेलको विशेष महत्व रहेको उल्लेख गरे । आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तर गर्ने जनाउँदै उनले सबैको सहयोगले संघले विगत लामो समयदेखि रुपन्देहीमा वार्षिक क्यालेण्डर बनाएर प्रतियोगिता गराउँदै आएको बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ४ : ५६ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,