६ श्रावण २०८३, बुधबार | July 22, 2026

नवनिर्वाचित वडाअध्यक्ष सपथग्रहण लगतै पक्राउ



सप्तरी । डाक्नेश्वरी नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाअध्यक्ष सपथग्रहण लगत्तै पक्राउ परेका छन् । सपथ ग्रहणपछि पदभार ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका धीरेन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

तीन वर्ष अघि सोही वडाकी १९ वर्षिया एक युवतीको अपहरण, जबरजस्तीकरणी र कर्तव्य ज्यान घटनामा साहको समेत संलग्नता रहेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दर्ता गरेको थियो । सोही अभियोगमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यही मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट निर्वाचित भएका थिए । प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले नवनिर्वाचित वडाध्यक्ष साह उपर अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

प्रहरीका अनुसार साह र अन्य केही प्रतिवादीविरुद्ध २०७९ साल साउन १७ गते अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तव्य ज्यान लगायतका अपराध गरेकोे उजुरी परेको छ । साह सहितका व्यक्तिविरुद्ध २०७९ साल साउन १९ गते पीडित परिवारद्वारा इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । त्यसयता साह फरार भएका थिए ।

विसं २०८० साल जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । साथै गत साउन १४ गते पनि इलाका प्रहरी कार्यालय कल्याणपुरमा उक्त मुद्दा दर्ता भएको र गत साउन १५ गते साहसहितका प्रतिवादीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

प्रहरीले खोजतलास गरिरहेको र पक्राउ पर्न सक्ने आकलन गर्दै साहले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । विसं २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट नेपाली कांग्रेसका प्रितमलाल चौधरीको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ९ : ०० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क