५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित एक महिला पक्राउ



लमजुङ । अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित बेसिशहर नगरपालिका-७ बस्ने ३८ वर्षीया सिद्धि माया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङको घरमा अवैध रूपमा जंगली जडिबुटी संकलन गरी लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले घर तलासी गर्दा अवैध जडिबुटी ४ सय ७६.१ केजी डालिङ, १ सय ५४ केजी वन लसुन, २४.६ केजी कुड्की, १४.९ केजी जटामसी, १८.३ केजी सुगन्धवाल, ४.४ केजी सतुवा र २.८ केजी वन आलु प्रहरीले बरामद गरेको छ ।

तामाङलाई बरामद जडिबुटी सहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ४ : ४० बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे