३२ असार २०८३, बिहिबार | July 17, 2026

अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित एक महिला पक्राउ



लमजुङ । अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित बेसिशहर नगरपालिका-७ बस्ने ३८ वर्षीया सिद्धि माया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङको घरमा अवैध रूपमा जंगली जडिबुटी संकलन गरी लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले घर तलासी गर्दा अवैध जडिबुटी ४ सय ७६.१ केजी डालिङ, १ सय ५४ केजी वन लसुन, २४.६ केजी कुड्की, १४.९ केजी जटामसी, १८.३ केजी सुगन्धवाल, ४.४ केजी सतुवा र २.८ केजी वन आलु प्रहरीले बरामद गरेको छ ।

तामाङलाई बरामद जडिबुटी सहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय लमजुङ पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ४ : ४० बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना