२७ जेष्ठ २०८३, बुधबार | June 11, 2026

समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष पाण्डे प्रेस चौतारी नेपालमा प्रवेश



भैरहवा । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन, नेपालका केन्द्रीय उपाध्यक्ष शंकर प्रसाद पाण्डे प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन । उनी नेकपा (एमाले) निकट प्रेस चौतारीमा प्रवेश गरेका हुन् ।

रुपन्देही एफएमका स्टेशन म्यानेजर, लुम्बिनी प्रेस क्लबका निवर्तमान महासचिव तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य पाण्डे मंगलबार चौतारीमा प्रवेश गरेका हुन् ।

विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पाण्डे रुपन्देहीका सिद्धार्थनगर नगरपालिकाका पूर्व प्रेस सल्लाहकार समेत हुन् ।

आफूले समाजवादी प्रेस संगठनको उपाध्यक्षसहित सम्पूर्ण जिम्मेवारी परित्याग गरी प्रेस चौतारीमा समाहित भएको पाण्डेद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । आसन्न नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश सचिवमा उम्मेदवारी दर्ता गराएका पाण्डेले उम्मेदवारी फिर्ता लिएको समेत घोषणा गरेका छन् । साथै उनले प्रेस चौतारी नेपाल र प्रेस युनियनको संयुक्त प्यानललाई समर्थन गर्ने जनाएका छन् ।

‘तीन वर्षअघि जुन मूल्य, मान्यता, आदर्श र सिद्वान्तका साथ नेकपा ९एमाले० बाट विद्रोह गरी नेकपा ९एकीकृत समाजवादी० गठन भएको थियो, त्यसको पुष्टि हुन नसकेको र त्यो विद्रोहले कम्यूनिष्ट आन्दोलनलाई नै अपूरणीय क्षति भएको छ, ’विज्ञप्तीमा उल्लेख छ ।

पाण्डेको प्रेस चौतारी नेपाल प्रवेशले विशेष महत्व राख्ने प्रेस चौतारी नेपालका नेताहरु बताउँछन् ।

 

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : ४४ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न