२ भदौ २०८३, मंगलबार | August 19, 2026

तिलोत्तमा नगरस्तरीय छैंठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २७ गते देखि शुरु, प्रतियोगिताको तयारी पूरा



तिलोत्तमा । तिलोत्तमा नगरपालिकामा छैंठौ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु हुने भएको छ । नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजनामा यहि मङ्सिर २७, २८ र २९ गते तीन दिनसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको नगर खेलकुद विकास समिति तिलोत्तमाका अध्यक्ष लोक पुनले जानकारी दिएका छन् ।

तिलोत्तमा-४, जनज्योति खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ४१ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिने निश्चित भएको नगर खेलकुद विकास समितिका अध्यक्ष पुनले जानकारी दिए ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बताए ।

जिल्ला स्तरिय रनिङ्ग शिल्ड समेत तिलोत्तमा नगरपालिकाको सोहि मैदानमा हुने गरि संयोजन गरिएको बताउदै नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले यस प्रति सबै नगरबासीले गौरव गर्दै आ-आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने बताए।

प्रतियोगिताको बारेमा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर-४ का अध्यक्ष हरि बहादुर क्षेत्रीले रनिङ्ग शिल्ड गौरवको कुरा भएको र खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताए । खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले भूमिका रहने उल्लेख गर्दै उनले खेल मैदानलाई स्तरोन्नती गरी खेलाडी उत्पादन र खेलको विकास गरिने बताए ।

प्रतियोगितामा ५४ विधामा खेल हुने छन् एथ्लेक्टिक्सतर्फ २६ इभेन्टहरु हुने छन् भने करातेतर्फ १२, तेक्वान्दो तर्फ १२, भलिबलतर्फ २ र कबड्डीतर्फ २ विधामा खेल हुनेछ । जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको समितिका अम्योजक तथा अध्यक्ष लोक पुनले बताए ।रिले दौड,हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डीलगायतका प्रतियोगिताहरु हुने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : ५८ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति