१६ बैशाख २०८३, बुधबार | April 30, 2026

मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा



लुम्बिनी । लुम्बिनीदेखि तिलौराकोटसम्म परिकल्पना गरिएको मायादेवी सुत्केरी मार्गमा महिला मोटरसाइकल ‘राइडर’हरूले यात्रा सुरु गरेका छन् । सुत्केरी मार्गको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित यात्राको सुरुआत गरिएको हो ।

सुत्केरी मार्गमा पर्ने ग्रामीण क्षेत्रहरूमा पर्यटकीय गतिविधि बढाएर स्थानीय बासिन्दाको आर्थिकस्तर उकास्नलाई पनि यो कार्यक्रम आयोजना गरिएको आयोजक विक्रमपाँडे काजीले बताए । यसमा ‘दुईपाङ्ग्रे क्विन’ समूहका १० जना महिला राइडरको सहभागिता रहेको उनले बताए । राइडरहरू सुत्केरी मार्ग हुँदै कपिलवस्तुको पर्यटकीय क्षेत्रहरू कुदान, गोटिहवा, सगरहवा, निग्लिहवालगायत क्षेत्रमा पुग्ने पाँडेले जानकारी दिए ।

मायादेवी सुत्केरी मार्गका परिकल्पनाकार पाँडेका अनुसार करिब ३८–३९ किलोमिटर दूरीको यात्रालाई तीर्थयात्राका रूपमा स्थापित गराउन यो कार्यक्रम आयोजना गरिएको जनाइएको छ । “यस मार्गमा हिँड्ने तीर्थयात्रीलाई तीनदेखि चार दिन लाग्नसक्ने र यसले लुम्बिनी तथा कपिलवस्तुमा पर्यटकहरूको बसाइँ अवधि लम्ब्याउन सहज हुनेछ । लुम्बिनी भ्रमणका लागि आउने अधिकांश तीर्थयात्रीहरू कपिलपस्तुसम्म पुग्दैनन् । यस कार्यक्रमले कपिलवस्तुमा पर्यटकको सङ्ख्या वृद्धिमा पनि सहयोग पु¥याउने विश्वास लिएका छौँ”, पाँडेले भने ।

लुम्बिनीको सद्भावनादूतसमेत रहेका पाँडेले मायादेवी सुुत्केरी मार्ग तयार भइसकेको हुँदा यसको प्रचारप्रसारका लागि सरकारीस्तरबाट प्रयास गरिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ४५ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात