१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

विजय लामा र गौरी मल्लले गरे मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन



काठमाडौं । मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र वरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन्। सोही क्रममा अभिनेत्री मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताइन्।

उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने बताइन्। यसको परिणाम आउन ढिला भए पनि राम्रो हुने उनको धारणा थियो। ‘परापूर्व कालमा घरेलु दवाइबाट उपचार गरिन्थ्यो। हाम्रो उमेर समूहका सबै मान्छेले प्राय घरेलु उपचार गर्नु भएको छ। हामीले घरेलु औषधि खाएका पनि छौं। तर, आजभोली हामीलाई अहिले खाएर अहिले परिणाम आउने औषधी चाहिन्छ। आयुर्वेदिक औषधीको सेवनले विरामी निको हुन समय लाग्छ। तर, रोग निर्मुल हुन्छ। त्यसका लागि धैर्यता चाहिन्छ,ु उनले भने।

क्याप्टेन लामाले आर्युवेद उपचार पद्धति निकै लामो भएको बताए। यो उपचार विधि अपनाउन र विकल्पका रुपमा नराख्न उनको सुझाव छ।

नेपाल एयरलायन्समा ३८ वर्षसम्म जहाज उडाएका क्याप्टेन लामाले ६४ वर्षको उमेरमा पुग्दा मुख्य रुपमा खानपान र व्यायममा ध्यान दिने गरेको र अरुलाई पनि त्यस्तै गर्न सुझाएका छन्।

त्यति गर्दा पनि शरीरमा समस्या देखिए पहिलो प्राथमिकतामा आयुर्वेदलाई दिन उनी सुझाउँछन्। क्याप्टेन लामाले मेदान्त आयुर्वेद हस्पिटलका वरिष्ठ चिकित्सक तथा अध्यक्ष डाक्टर सुवर्ण पौडेललाई हौस्याउँदै सधैँ डटेर उपचारमा जुट्न उनको आग्रह छ।

डाक्टर पौडेलले हस्पिटलमा एक सय रुपैयाँमा ओपीडी सुरु गरिएको जानकारी दिए। नयाँ र व्यवस्थित भवनमा उचित सुविधासहित न्यून मूल्यमा उपचार सेवा प्रदान गरिने उनले बताए।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ८ : ४५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा