७ पुस २०८२, सोमबार | December 23, 2025

कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको विङ्गर लमहीको च्याउ खोलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु



दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ९ मा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । लमही-कोहलपुर सडकखण्डको च्याउ खोला भन्ने स्थानमा सोमबार बिहान ६ बजे लु १ ज ४२९८ नम्बरको विङ्गर मिनी बस दुर्घटना भएको हो ।

कपिलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको उक्त बस अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ६० वर्षीया फुलसी थारु र सोही ठाउँ निवासी ४२ वर्षीया तिर्थी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख कविराज रोकायले जानकारी दिए । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा रहेको शवगृहमा राखिएको छ ।

दुर्घटनामा शिवराज नगरपालिका वडा नम्बर ३ निवासी ४५ वर्षीय मिथिया थारु, सोही ठाउँ निवासी ६५ वर्षीय तेहली थारु, ७७ वर्षीया दर्शनी थारु, ६० वर्षीया महंगी थारु, ४० वर्षीया सरीता थारु, ५५ वर्षीया रामपियारी थारु, ४७ वर्षीय रामचन्द्र थारु, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ३८ वर्षीय बुद्धराम थारु र ३६ वर्षीय सुरेश यादव घाइते भएका छन् ।

घाइतेहरुलाई लमही अस्पतालमा उपचारका लागि ल्याइएको छ । गम्भीर अवस्थाका घाइतेलाई आफन्तको जिम्मा लगाउँदै रिफर गर्ने काम पनि भइरहेको छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  १० : २६ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत