२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

रवि लामिछानेसहितका आरोपितहरुलाई अदालत लगियो, म्याद थपको अनुमति माग्ने प्रहरीको तयारी



पोखरा । सहकारीको रकम हिनामिना प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराइएको छ ।अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले आज लामिछानेसहितका सोही मुद्दामा हिरासतमा रहेकाहरुलाई अदालत उपस्थित गराएको हो ।

गोर्खा मिडियाको पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो ।

ष्त सोमबार मात्र प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयमा अनुसनधान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान थालेको ८४ दिनपछि तयार पारिएको सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार छन् । उनीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि प्रहरीले अझै केही दिन म्याद थपेर उनीहरुलाई हिरासतमै राख्ने गरि अदालतसँग अनुमति माग्ने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रहरीको प्रतिवेदन अध्ययन गरेर अभियोजन तयार गरिरहेकाले अझै केही दिन म्याद थप्न अनुमति माग्ने प्रहरीको तयारी छ । त्यही प्रयोजनका लागि आज बिहान लामिछाने सहितलाई अदालत उपस्थित गराइएको हो ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १० : ५८ बजे

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल

छ हजार ४०० सयले बढ्यो आज सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको

इरानी आक्रमणको भयले कसरी गरेका थिए ट्रम्पले टर्कीबाट बेलायतको गोप्य उडान ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार व्यक्ति पक्राउ

वीरगञ्ज  । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार