२७ मंसिर २०८२, शनिबार | December 13, 2025

चौँथो कालिका कप जारी, बुधबार विविध प्रतियोगिता सम्पन्न



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको कालिका मानवज्ञान माविको ६४ औं वार्षिक उत्सव तथा चौँथो कालिका कप अन्तरगत बुधार विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।

एथेलेटिक्स तर्फका दौड, छात्र छात्रा भलिबल, छात्र छात्रा कबड्डी प्रतियोगिताका विभिन्न चरण सम्पन्न भएका हुन । १५०० मिटर दोडमा न्यु होराईजन माविका आयुष थारु प्रथम भएका छन् । यस्तै छात्रातर्फ पशुपति माविका चाँदनी पासी प्रथम भएकी हुन ।

यस्तै १०० मिटर दौडमा छात्र तर्फ जनज्योती माविका शुभम बमरेल प्रथम र छात्रातर्फ कालिका मानवज्ञान माविका कृति पराजुली प्रथम भएकी छिन् । ४ वाई १०० मिटर रिल दौडमा छात्रा तर्फ कालिका मानवज्ञान मावि प्रथम भएको छ । विद्यार्थीहरु कृति पराजुली, प्रीती थापा, प्रकृति घिमिरे, सृजना कडायतको समुह प्रथम भएको हो ।

यस्तै छात्र तर्फ जनज्योती माविका सुभम बमरेल, रजन डम्बरपाल, गंगा रजाली, अल्बीजी गुरुको समुह प्रथम भएको हो । ४०० मिटर दौडमा पशुपति माविका ठाकुर पाण्डे प्रथम भएका छन् । छात्रा तर्फ पशुपती माविकै करिस्मा सिंजाली प्रथम भएकी हुन ।

यस्तै २०० मिटर दौडमा जनज्वोति माविका शुभम बमरेल प्रथम र छात्रा तर्फ गाग्री एकेडमीका नमिता भुषाल प्रथम भईन् । ८०० मिटर दौडमा न्यु होराईजन माविका आयुश थापरु प्रथम, छात्रा तर्फ कालिका मानवज्ञान माविका प्रकृति घिमिरे प्रथम भईन् ।

४ वाई ४०० रिले दौडमा पब्लिक माविका आस्थकुमार थारु, करण थारु, शिवमोहन यादव र हरि थारुको समुह प्रथम भएको छ । यस्तै छात्रातर्फ पशुपति माविका पुजा चौधरी, अस्मिता थारु, करिस्मा सिंजाली, चादनी पासीको समुह प्रथम भएको हो ।

यस्तै कबड्डी तर्फ बुधार सम्पन्न प्रतियोगितामा पहिलो खेलमा न्युहोराईजन र पशुपति माविका बिचमा भएकोमा होराईजन वाक ओभर सहित विजयी भएको छ । यस्तै नविन औद्योगीक मावि र गाग्री एकेडेमीको बिचमा भएकोमा गाग्री एकेडमी विजयी भएको हो ।

यस्तै अर्को पाँचौँ प्रतिस्पार्धामा ईडन मावि र उजिर सिंह माविका विचमा भएकोमा ईड्न मावि विजयी भएर अर्को चरणमा प्रवेश गरेको छ । बुधावार भएको छौठौ कबड्नी प्रतियोगीतामा जनज्योति मावि र क्यान माविका बिचमा भएकोमा क्यानन मावि विजयी भएको छ । यस्तै एभरेष्ट मावि र बुद्ध पक्लिक माविका बिचमा भएकोमा एभरेष्ट मावि वाक ओभरपाएर विजयी भएको हो ।

छात्रा कबड्डी तर्फ ईड्न मावि र पशुपती माविका विचमा भएकोमा वाक ओभर सहित ईड्न मावि विजयी भएको छ । यस्तै बुद्ध पब्लिक मावि र कान्ती माविका बिचमा भएकोमा कान्ती मावि विजयी भएको हो ।

कलिका मानवज्ञान मावि र मणिमुकुन्द माविमा बिचमा भएको प्रतियोगितामा कालिका मानवज्ञान मावि विजयी भएको छ । केरवानी मावि र नविन औद्योगीक माविका बिचमा भएको प्रतियोगीतामा नविन औद्योगिक मावि विजयी भएको हो । ईड्न मावि र होराईजन माविका बिचमा भएको खेलमा होराईजन माविले वाक ओभर पाएर विजयी भएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ६ : ४२ बजे

११ औ महाधिवेशनमा एमाले अध्यक्षले के के भने ? (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र