२१ असार २०८३, आइतबार | July 5, 2026

गैडहवा गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु



गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा छैठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित प्रतियोगिता सुरु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले, सिकाइ परीक्षामुखी मात्र नभएर कुनै पनि प्रकारको डर, त्रासरहित वातावरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै रचनात्मक, सिर्जनशील प्रयोगात्मक, खोजमूलक, स्थलगत भ्रमणमा आधारित, अनुसन्धानमूलक, परियोजनाकार्यमा आधारित शिक्षा हुनुपर्नेमा जोड दिए । अध्यक्ष पौडेलले विद्यालयको भौतिक पूर्वाधार बालबालिकाको सर्वोच्चता कायम भएको बालमैत्री पढौं पढौं लाग्ने सुसज्जित कक्षाकोठा, स्वच्छ सफा खानेपानीको व्यवस्था, उपयुक्त फर्निचर, उपयुक्त व्यवस्थित खेल मैदान, सुरक्षित कम्पाउण्ड , मनोरम हरियाली वातावरण, व्यवस्थित पुस्तकालय, प्रयोगशाला, डिजिटल सामग्री (कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्ड आदि) प्रत्येक कक्षामा सिकाइ चमेना गृह, शिक्षकतथा छात्रछात्रा आवासको व्यवस्था शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक पर्ने भएकोले पालिकाले क्रमशस् सुधारका काम गर्दै भन्दै कार्यक्रममा अध्यक्ष पौडलले अनुशासननै बिद्यार्थीहरुको प्रमुख गहना रहेको बताए । अनुशासित भइ खेल खेल्न र रेफ्रीहरुलाई योग्यताको आधारमा वस्तुनिष्ठ मुल्यांकन गरि खेल खेलाईदिन आग्रह गरे ।

पालिकाको समग्र बिकासमा कसैले पनि राजनीति नगरी सबै विकासमा एक हुनुपर्ने र पालिकाले समाबेसी विकास गरिरहेको सबैको सकारात्मक साथ आवश्यक रहेको बताए । कार्यक्रममा विशिष्ट अतिथि पालिका पुर्व अध्यक्ष बच्चुलाल केवटले रास्ट्रपति रनिङशिल्डबाट खेल प्रदर्शन गरेर अगाडि बढन सम्पुर्ण विद्यार्थीमा शुभकामना दिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका गैडहवा गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज पौडेलले शिक्षा क्षेत्रमा सुधारको लागि जनप्रतिनिधि कर्मचारी स्थानीय बुद्धिजीवी एवम् सम्पूर्णको साथ सहयोग आवश्यक पर्ने बताए ।

कार्यक्रममा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संयोजक विजकुमार चाईले उपस्तिथि सम्पूर्ण स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना दिए । कार्यक्रममा २२ वटा सामुदायिक विद्यालय, १५ वटा संस्थागत विद्यालय र ८ वटा धार्मिक विद्यालय अर्थात मदरसाको सहभागीता रहेको छ । प्रतियोगिता वडा नं ५ स्थित सिद्धार्थ गौतम बुद्ध आधारभूत विद्यालय परिसको खेल मैदानमा भएको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ७ : २० बजे

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

नेपालगञ्ज । आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा

विश्वकप लिग-२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक

रचनात्मक सुझावसहित संवादमा आउन महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका

कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना

मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि