५ पुस २०८२, शनिबार | December 20, 2025

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको केन्द्रीय साधारण सभा बुटवलमा



बुटवल । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको केन्द्रीय साधारण सभा बुटवलमा हुने भएको छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्र मा यहि पुस ५ र ६ गते दुई दिन केन्द्रीय साधारण सभा आयोजना गर्न लागिएको हो ।

जसको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो । केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले सम्मेलनमा देशभरबाट बचत तथा ऋणको कारोबार गर्ने सहकारी सदस्यका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागीता हुने जानकारी दिए ।

उनले‘एउटै अभियान एउटै आवाज, सुरक्षित साकोस समुन्नत समाज’ भन्ने नाराका साथ साधारण सभा आयोजना गर्न लागिएको अध्यक्ष ढकालको भनाई रहेको छ ।

साधारण सभाको नेपाल सरकार भुमि व्यस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री बालराम अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

दुई दिन सम्म चल्ने साधारण सभामा दोस्रो दिन प्राविधिक शत्र आयोजना गरिएको नेपाल बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष श्रीकृष्ण नेपालले जानकारी दिए । सहकारी सम्मेलनमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका पर्यटकीय क्षेत्रको समेत प्रर्वद्धन गरिने कार्यक्रम समेत तय गरिएको छ ।

नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड रुपन्देहीका अध्यक्ष बसन्त प्रसाद ढकालले साधारण सभामा उत्कृष्ठ कार्य गर्ने सहकारी संस्थाहरुको सम्मान समेत गरिने भएको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ११ : २७ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन