६ भदौ २०८३, शनिबार | August 22, 2026

लुम्बिनी प्रदेश राजधानीमा ३ अर्वका ‘प्रदेशदरबार’ निर्माणको काम अन्तिम चरणमा



दाङ । लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यहाँ मुख्यमन्त्री कार्यालयसहित अन्य नौ वटा मन्त्रालयका कार्यालय भवन निर्माण भइरहेका छन् ।

प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइ कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर प्रदीप भट्टराईले भौतिक संरचना निर्माण गरी रङ्गरोगनसहित पहिलो चरणका काम सम्पन्न भएका बताए । “पहिलो चरणमा भौतिक संरचना निर्माण तथा रङ्गरोगनका काम सकिएका छन् । अब अन्तिम चरणका काम बाँकी छन्”, उनले भने, “त्यसबाहेक भवन आसपासमा सडक विस्तार, ढल निकास, नाली, फुटपाथ, सडकबत्ती जडानका काम भइरहेका छन् ।”

यहाँ विसं २०७९ फागुन ३ गते भवन निर्माणका लागि सिलान्यास गरिएको थियो । आगामी वर्षको पुसमा निर्माण सक्ने सम्झौता भए पनि त्यसअघि नै सक्ने गरी काम भइरहेको भट्टराईले बताए । उनका अनुसार भ्याटबाहेक रु तीन अर्ब नौ करोड एक लाख २९ हजारमा शर्मा सगुन जेभी काठमाडौँले यहाँ निर्माणको काम गरिरहेको छ ।

विसं २०७७ असोज २० गते बुटवलमा बसेको प्रदेशसभा बैठकले यहाँ स्थायी राजधानी तोकेको थियो । दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिका वडा नं ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकिएको थियो ।

तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको पालामा स्थायी राजधानी यहाँ तोकिए पनि लामो समयसम्म बुटवलबाटै कामकाज भयो । मुख्यमन्त्रीमा कुलप्रसाद केसी आएपछि भने विसं २०७९ मङ्सिर १९ मा राप्ती गाउँपालिका–३ लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको भवनमा मुख्यमन्त्री कार्यालय सारेर कार्यसञ्चालन गरिएको थियो ।

त्यसपछि यहाँ प्रदेशसभा भवन निर्माण कार्यले तीव्रता पायो भने मन्त्रालयका संरचनाका काम अघि बढे । “सुरुआतमा हामीले केही मन्त्रालय भाडाका भवनमा र केही वडा कार्यालयबाट सञ्चालन ग¥यौँ । त्यसपछि लगतै मन्त्रालय निर्माणको काम अघि बढायौँ”, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले भने ।

राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थान्तरण गरिएपछि मात्रै यहाँ नयाँ संरचना निर्माणको काम अघि बढेको हो ।

हाल शिक्षालयका भवनलाई व्यवस्थापन गरी मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयको व्यवस्थापन गरिएको छ । ११ मध्ये केही मन्त्रालय कार्यालय परिसरभन्दा बाहिर छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय राप्ती गाउँपालिकाको कार्यालय भवनमा छ भने कृषि, भूमि तथा सहकारी मन्त्रालय राप्ती गाउँपालिका–१ को कार्यालय भालुवाङमा छ । यस्तै स्वास्थ्य मन्त्रालय सिसहनियास्थित वडा कार्यालय भवनबाट सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ७ : ५९ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ : मुख्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय

काठमाडौंमा रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौं । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक