२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

भारतले जित्यो यू-१९ एसिया कपको उपाधि



भारतले एसीसी महिला यू-१९ एसिया कपको उपाधि जितेको छ । आइतबार बंगलादेशलाई ४१ रनले हराउँदै भारतले उपाधि जितेको हो । मलेसियाको क्वालालुम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भारतले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १८.३ ओभरमा १० विकेट गुमाउँदै ७६ रनमा समेटिएको थियो ।

बंगलादेशका लागि जुअैरिया फिरदोसले २२ रन बनाउँदा फाहोमिया चोयाले १८ रज बनाए । बंगलादेशका लागि अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि आयुशी शुक्लाले ३ विकेट लिइन् । त्यस्तै पारुनिका सिसोदिया र सोनम यादवले २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।

भारतका लागि गोंगदी त्रिशाले सर्वाधिक ५२ रन बनाइन् । त्यस्तै मिथिला विनोदले १७ रन बनाइन् । बंगलादेशका लागि फरजाना यास्मिनले ४ विकेट लिइन् । त्यस्ति निशिता अख्तर निशीले २ विकेट लिँदा हबिबा इस्लामले १ विकेट लिइन् प्रतियोगितामा पाकिस्तानविरुद्ध ऐतिहासिक जित हात पारेको नेपाल भने सुपर-४ बाटै बाहिरिएको थियो ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  २ : ३८ बजे

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका

भोलि निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता