२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सूर्य नेपाल इस्टर्न ओपन सुरु, कोर्स रेकर्डसहित निरजलाई चार स्ट्रोकको अग्रता



धरान । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन ८-अन्डर ६२ को नयाँ कोर्स रेकर्डसहित सानदार नतिजामा निरज तामाङ शीर्षस्थानमा रहन सफल भएका छन।

घरेलु प्रो निरजले २०२२-२३ सिजनमा शुक बहादुर राईले बनाएको ७-अन्डर ६३ को रेकर्ड तोड्दै नयाँ कोर्स रेकर्ड बनाएका हुन। उनले धन बहादुर थापालाई ४ स्ट्रोकले पछि पारेका छन।

धरान स्थित ७० पारको धरान गल्फ क्लबमा ४-अन्डर ६६ को स्कोरमा धन दोस्रो स्थानमा छन। ३-अन्डर ६७ को नतिजामा भुवन कुमार रोक्का तेस्रो स्थानमा रहे। एमेच्योर सुन्दर राई सहित प्रोहरू युवराज भुजेल र विष्णु प्रसाद शर्माले संयुक्तरुपमा चौथो स्थान बाँडे। १-अन्डर ६९ को स्कोरमा नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी, बलभद्र राई र एमेच्योर जितेन्द्र राई संयुक्तरुपमा सातौं स्थानमा छन।

यसैगरी १-ओभर ७१ को स्कोर बनाएका रामे मगर, सुनिल केसी, रवि खड्का, रमेश अधिकारी र एमेच्योर सुरेश तामाङ संयुक्तरुपमा दशौं स्थानमा रहेका छन।

धारनका प्रो निरजले बोगी फ्री ८-अन्डर ६२ को उत्कृष्ट स्कोरकार्ड बनाउने क्रममा फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे। ५-पारको १२औ होलमा इगलको सफलता प्राप्त गरेका उनले १५औं र १८औं होलमा पनि एक-एक सट बचाए। उनले ब्याक नाइन ४-अन्डर ३० मा सकाए।

धनले दोस्रो होलमा बोगी खेलेपनि तेस्रो, आठौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। यसपछि १३औं होलको बोगी विरूद्ध १२औं, १६औं र १८औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अन्डर ३० मा पुरा गरे।

तेस्रो स्थानमा रहेका भुवनले फ्रन्ट नाइनमा २-अन्डर ३४ र ब्याक नाइनमा १-अन्डर ३३ खेले। उनले कुल ५ बर्डी र २ बोगी प्रहार गरे। तेस्रो, सातौ, नवौं, पन्ध्रौं र अठारौं होलमा एक-एक सट बचाए। पहिलो र सत्रौं होलमा बोगी खेपे।

५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार नगद पुरस्कार राशी रहेको छ‌। विजेताले उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख र ७५ हजार नगद प्राप्त गर्नेछन।

दोस्रो दिनको समाप्तीमा कट लागु हुनेछ र उत्कृष्ट २१ प्रोफेसनल गल्फरले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन। एमेच्योर खेलाडीको हकमा पनि सोहि कट लागु हुने छ। तीन दिने प्रतियोगितामा २९ प्रोफेसनल २७ एमेच्योर गरी कुल ५६ गल्फरको सहभागीता रहेको छ। शनिबार प्रो एम इभेन्ट हुनेछ।

यो सिजन आठ प्रतियोगितामा कुल ६७ लाख नगद पुरस्कार रहेको छ। यसअघि भएको दुई प्रतियोगिताको उपाधि एमेच्योर गल्फरहरूले जितेका थिए। सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुल विके र दोस्रो प्रतियोगिताको उपाधि नेपाल नम्बर एक गल्फर सदभाव आचार्यले जितेका थिए। यो पटक भने यी दुवै खेलाडीले सहभागिता जनाएका छैनन।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : ४१ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।