१४ भदौ २०८३, आइतबार | August 30, 2026

बुटवलमा भोलीदेखि त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुँदै (भिडियोसहित)



बुटवल । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा रुपन्देहीको नयाँगाउँमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी हुने भएको छ । भोली शुक्रबारदेखि २ दिने बृहत गोष्ठी आयोजना गरिने बुटवलमा पत्रकार सम्मेलन जानकारी दिईएको छ । उक्त गोष्ठी त्रिपिण्डी श्राद्ध, वास्तु एवं ज्योतिषसँग सम्बन्धित रहने आयोजक समितिले जनाएको छ ।

धर्मशास्त्र, वास्तु तथा ज्योतिषसँग सम्बन्धित विभिन्न विषयमा देखापरेका विषयवस्तुहरुमा त्यसैसँग सम्बन्धित विज्ञहरुद्वारा कार्यपत्र प्रस्तुत हुने विश्व ज्योतिष महासङ्घ लुम्बिनी प्रदेश समितिका सभापति ज्योतिष जनार्दन न्यौपानेले जानकारी दिए ।

सो अवसरमा त्रिपिण्डी श्राद्धको औचित्य र विधिको बारेमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राध्यापक डा। देवमणि भट्टराईको प्रस्तुती रहने छ ।

यसैगरी व्रतबन्ध मुहूर्तका विषयमा हिमाल पञ्चाङगका पञ्चाङगकार प्राध्यापक डा. विश्वनाथ त्रिपाठी, जन्म कुण्डलीमा पितृदोष समस्या र समाधानका विषयमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक ज्योतिष दीनानाथ पण्डित, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य तथा वास्तुविभागका प्रमुख ई. लक्ष्मीप्रसाद सोतले वास्तु सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने न्यौपानेले बताए ।

कार्यक्रमको उद्घाटन एवं आशीर्वचन सन्त शिरोमणि लोकानन्द महाराजबाट हुनेछ भने दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम रुपन्देहीको स्वामीनारायण मुक्तिनाथ धाम नयाँगाउँमा रहने ज्योतिष परिषद्का केन्द्रिय उपाध्यक्ष सुन्दर भण्डारीले बताए । कार्यक्रममा प्रवेश निःशुल्क रहेकोले सबै पण्डित, ज्योतिष तथा धार्मिक क्षेत्रका अगुवाहरु कार्यक्रममा सहभागी हुने महासचिव कमल पौडेलले बताए ।

भिडियो

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ३ : १२ बजे

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज