१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिता प्रभावकारी



काठमाडौं । संस्कृतिविद् एवं सम्पदा क्षेत्रका अनुसन्धाताले पाँच वर्ष अघिको भूकम्पले क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिता प्रभावकारी बन्दै गएको बताएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवादको तेस्रो दिन सांस्कृतिक सम्पदा एवं सम्पदा बस्तीको पुनःनिर्माणमाथिको छलफलका क्रममा वरिष्ठ सम्पदाविद् सुदर्शनराज तिवारीले सम्पदा पुनः निर्माणमा समुदायको सहभागिताले स्वस्थ अभ्यास स्थापित हुने बताए ।

डा रोहित जिज्ञासुले भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनःनिर्माण उपभोक्ता समितिको सहभागितामा सफल देखिएको धारणा राखे । सम्पदा पुनःनिर्माण गर्दा प्राचीन शैली, सामग्री र प्रविधिको प्रयोग गरिरहँदा त्यसलाई भूकम्प प्रतिरोधी बनाउनतिर पर्याप्त ध्यान दिइनुपर्ने उनको भनाई थियो ।

भक्तपुरका न्यातपोल, भैरवनाथ र भत्साला गरी तीनवटा मन्दिरको पुनःनिर्माण एवं जीर्णोद्धारको तुलनात्मक अध्ययन गर्नुभएकी शोधार्थी एवं भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी श्रेष्ठले समुदायको सहभागिता हुँदा प्रविधिको हस्तान्तरण हुनुका साथै स्वयम्सेवाको भावना पनि जागृत भएको पाइएको उल्लेख गरे ।

सांस्कृतिक सम्पदा पुनःनिर्माणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै शोधकर्ताहरुले समुदायको सहभागिता एवं सक्रियताले प्रभावकारी हुनाका साथै अपनत्व महसुस गरेको पाइएकामा जोड दिए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उपभोक्ता समितिमार्फत सम्पदा पुनःनिर्माण गर्दा राम्रो परिणाम आएको बताउँदै त्यसमा समुदायको सहभागिता र आर्थिक पारदर्शिता कामय गर्नमा विशेष ध्यान दिनुपर्ने बताए ।

परिसंवाद कार्यक्रममा सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिताका विभिन्न पक्षमा मनोज सुजी, रिजा जोशी, रुपेश श्रेष्ठ र डा।सविन निङ्लेखुले पनि आफ्नो अध्ययनका निष्कर्ष प्रस्तुत गरेका थिए । उपभोक्ता समितिमार्फत् काम गराउँदा कम खर्चमा काम भएको, पारदर्शिता कायम भएको, गुणस्तरीय काम भएको र स्वामित्वको भावना जागृत भएको निष्कर्ष उनीहरुले उल्लेख गरे ।

परिसंवादको दोस्रो सत्रमा ऐतिहासिक सम्पदा वस्तीको पुनःनिर्माणमाथि अध्ययन गरेका विपुल रावल, सूर्यभक्त सांघाछे, अदिति ढकाल, डा पुनम राज्यलक्ष्मी राना, मनोहर राजभण्डारी र रविना शिल्पकारले आफ्नो शोधका निष्कर्ष एवं सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रमको तेसो सत्रमा भूकम्पप्रभावितको जीविकोपार्जन एवं आर्थिक विकासमाथि छलफल भयो ।

डा मीनबहादुर पौडेल क्षेत्री, डा सुरोज पोखरेल र डा निर्मलकुमार राउतले प्रस्तुत गरेको कार्यपत्रमाथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्मा र क्यानडाका विज्ञ डा नाइजल फिसरले टिप्पणी गरेका थिए । रासस

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ५ : २३ बजे

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक