१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

आजको मौसम : देशभर सामान्यतया बदली, मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । देशभरको मौसम बिहीबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुन न्यून चापीय रेखा पश्चिमी भू–भाग नजिक रहेको छ । यस्तै उत्तरी बंगालको खाडीमा रहेको न्यून चापीय प्रणालीका कारण नेपालमा बंगालको खाडीबाट जलवाष्फ युक्त हावाको प्रभाव परेकाले मौसम बदली भएको हो ।

हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद विभूति पोखरेलले जानकारी दिएकी छन् ।

बिहीबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका विभिन्न भागका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ७ : ०३ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला