३० बैशाख २०८३, बुधबार | May 13, 2026

पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारीको साधारणसभा विभिन्न कार्यक्रम गरि मनाइयो



बुटवल । तिन चरणमा सम्पन्न पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । यस अघि नवलपरासी र सैनामैनामा २ चरणको कार्यक्रम सम्पन्न भैसकेको छ ।

सहकारीले गत मंसिर २८ गते सम्पन्न निर्वाचनमा नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लामा विजेताहरुलाई सो अवशरमा सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले यातायात क्षेत्रले राष्ट्रनिर्माणमा अहम भूमिका खेलेको बताउदै पत्रकारिताको माध्यमबाट आफुहरुले समाज रुपान्तरण तथा यातायात क्षेत्रको विकासमा सहकार्य गर्ने बताए ।

तिलोत्तमाको वनवाटीकामा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले सहकारी क्षेत्रलाई ब्यवस्थित, मर्यादित र थप विश्वसनिय बनाउन आवश्यक रहेको बताएका छन । करोडौं लगानी गरेर भित्राइएका सवारी साधनहरु गुडाउदा सडकको दुरावस्थाका कारण व्यवसायीहरु मारमा परेको बताउदै नेपाल जस्तो विकासउन्मुख मुलुकमा सहकारी क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएकोले यसको सिद्धान्त र गरिमालाई पनि बचाएर अघि बढ्न आग्रह गरे ।

पश्चिम नेपाल बस ब्यवसायी प्रालि तथा सहकारीका अध्यक्ष दधिराम खरेलले ब्यवसायी, मजदुर र तिनका परिवारलाई समेत उत्थान गर्ने सहकारीको निति रहेको उल्लेख गर्दै जिवनभर यातायात क्षेत्रमा काम गरेका ब्यबसायी र मजदुरहरु जिवनको उत्तराद्र्धमा खाली हात घर फर्किनुपर्ने अवस्थाको अन्त्य गरिने बताए । यसका लागि तिनै तहका सरकारको सहयोग र सहकार्यको आवश्यक्ता रहेको कुरामा उनको जोड थियो । सस्थाले २००६ र २००७ मोडलका ४१ वटा सवारी साधनलाई विस्थापित गरेको छ । हाल प्रालीले आफ्नै मातहत लगानीमा पश्चिम नेपाल टायर्स एण्ड ट्रिट प्राली समेत संचालन गरि सुपथ मूल्यमा व्यवसायीहरुलाई बिक्री वितरण गरेको खरेलको भनाई छ ।

कार्यक्रममा तत्कालिन संघका पुर्व अध्यक्ष तुल्सीराम बन्जाडेले विगतको तुलनामा यातयातको क्षेत्रले निकै फड्को मारेको बताए । उनले हिजो यातायात व्यवसायीलाई हेर्ने दृष्टिकोण आज परिवर्तन भएको बताउदै यातयात क्षेत्रमा काम गर्ने हरेक मजदुरहरुकोे आनीबानी र रहनसहनमा समेत सुधार आउनुका साथै उनिहरु स्वरोजगार मजदुर समेत बनिसकेको बताए ।

सहकारीका उपाध्यक्ष जिवनकुमार बन्जाडेले हाल सहकारीमा २ सय ५८ जना महिला शेयर सदस्य र १ हजार ८ सय ९२ पुरुष शेयर सखस्य गरि २१ सय ८५ जना शेयर सदस्यहरु रहेको बताए । बन्जाडेले प्रालीले २०६६ साल देखि नै निरन्तर रुपमा आन्तरिक सवारी व्यवस्थापन, अनुगमन तथा दुर्घटना न्यूनिकरणको कार्यक्रम संचालन गर्दै आएको छ जस्का कारण दुर्घटनामा समेत कमी आएको बताए ।

यातायात व्यवसायी, कर्मचारी र मजदुरहरुको आर्थिक अवस्थालाई सबलिकरण गर्ने उद्धेश्यले २०७८ सालमा स्थापना गरिएको उक्त सहकारी संस्थाले शेयर सदस्यहरुका लागि १५ देखि २२ लाख बराबरको दुर्घटना विमाको व्यवस्था गरिएकोे प्रवन्धक रामचन्द्र भुसालको भनाई छ ।

चालकलाई डिजिटल माध्यमबाट परिचयपत्र बनाई वितरण गरिएको तथा प्रालीबाट प्रदान गरिने हरेक सेवालाई प्रविधि मैत्री सेवा विस्तारका लागि विशेष योजना बनाएको र प्रालीबाट संचालित स्तरिय र ब्राण्डेड सवारी साधनमा जिपिएस, सिसि क्यामेरा साथै गति मापनयन्त्र जडान कार्यसमेत भैरहेको संचालक मोहन पिएसको भनाइ छ ।

साधारण सभामा लामो समयदेखि असल चालकका रुपमा कुनैपनि दुर्घटना नगराएर दुर्घटना न्यूनिकरणमा भूमीका खेलेकोमा असल तथा स्वरोजगार चालकहरु रमेश न्यौपाने र उद्धबहादुर सुवेदीलाई सम्मान गरेको छ । त्यस्तै कर्तव्य निष्ट असल कर्मचारीहरुमा शंकर खरेल, विश्व न्यौपाने, सम्मर बहादुर थापा, सहकारीका तर्फबाट असल कर्मचारीका रुपमा कार्यरत जगबहादुर श्रेष्ठ तथा स्वरोजगार व्यवसायी सन्तु सिंह गान्धीलाई सम्मान गरिएको कर्मचारी राजन शर्माले बताए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ६ : ५१ बजे

नीति तथा कार्यक्रम कार्यान्वयनमा उतार्न रुपन्देही चेम्बरको माग

बुटवल । चेम्बर अफ कमर्स रुपन्देहीले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा उपस्थित नभएपछि उत्पन्न

प्रधानमन्त्री अनुपस्थित रहे संसद् बहिष्कार गर्ने प्रतिपक्षी दलको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको आगामी आर्थिक

प्रधानमन्त्री बालेन्द्रको राजीनामा माग गर्दै संसद अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरिएको

यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

पोखरा। यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको