२१ भदौ २०८३, आइतबार | September 7, 2026

समाजमा राम्रो काम गर्ने व्यक्तिको सम्मान हुन जरुरी छः मुख्यमन्त्री आचार्य

गुल्मीमा गाउँको विकास गर्ने अग्रजको स्थानीयतहले बनायो शालिक



गुल्मी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुल्मी जिल्लाका सामाजिक तथा राजनीतिज्ञ व्यक्तिहरुको शालिक अनावरण गरेका छन् । धुर्कोट गाउँपालिकाले वडा नं. ५ कालिकास्थान वस्तु गुल्मीमा शुक्रबार एक कार्यक्रमका बीच मुख्यमन्त्री आचार्यले पूर्व सांसद रुद्रमणी शर्मा भण्डारी, पूर्व जिल्ला विकास समिति उपसभापती परमानन्द भण्डारी र पूर्व गाविस अध्यक्ष टोमलाल पाण्डेको शालिक अनावरण गरेका हुन् ।

शालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले अग्रजहरुको योगदान र समर्पणलेनै मुलुकमा परिवर्तन सम्भव भएको बताए । उनले दुःख कष्ट व्यहोरेर मुलुकमा परिवर्तन ल्याउन अग्रजहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको र प्रदेश सरकारले सधैं सम्झिरहने धारणा राखे ।

मुख्यमन्त्री आचार्यले अग्रजले सिकाएका सकारात्मक पाठहरु सिक्दै समुन्नत समाज निर्माणकोलागि नयाँ पुस्ताले योगदान गर्नु पर्ने बताए । ‘समाजमा राम्रो काम गर्ने व्यक्तिको सम्मान हुन जरुरी छ, कदर हुन जरुरी छ । भावी पुस्ताले पनि समाजमा राम्रो काम गर्नेहरुलाई सम्मान र कदर गर्नेछ’ उनले भने, ‘त्यसैले समाजमा राम्रो काम गर्नेहरुको सम्मान हुन जरुरी छ ।’

धुर्कोटको समग्र विकासकालागि अग्रजहरुले खेलेको भूमिका समाजले कहिल्यै भुल्न नसक्ने उनले बताए । ‘अग्रजहरुले धुर्कोटमा शिक्षाको उज्यालो छर्ने काम गर्नु भयो । विद्यालय बनाउनु भयो । क्याम्पस खोल्नुभयो । उहाँहरुको योगदान र मेहनत चानचुने थिएन,’ उनले भने, ‘अहिले गाउँमै उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त भएको छ ।’

स्थानीय सरकारले अग्रजहरुको सम्मानमा नमुना काम गरेको भन्दै मुख्यमन्त्रीले स्थानीयतहका जनप्रतिनिधिहरुको प्रशंसा गरे ।

गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्याल लगायत प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, राजनीकिकर्मी, समाजसेवी, स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : २० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त