१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

रोल्पामा पिकअप जिप दुर्घटना हुँदा चालकको मृत्यु, तीन बालिका गम्भीर घाइते



दाङ । रोल्पामा सुन्तला बोकेर दाङतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तीन जना बालिका गम्भीर घाइते भएका छन् ।

चालक माडी गाउँपालिका-१ भित्तावाङका २० वर्षीय हुकुम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा परि त्रिवेणी गाउँपालिका-४ की १४ बर्षीया दिलमाया घर्ती मगर, सोही ठाउँकी १२ बर्षीया सरिता घर्ती मगर, त्रिवेणी-२ नुवागाँउकी ११ वर्षीया करुण बाँठा मगरलाई पिकअपले च्यापेको अवस्थामा उद्धार गरि उपचारका लागि दाङको तुलसीपुर तर्फ पठाइएको रोल्पा प्रहरीले जानकारी दिएको छ ।

पिकअप सडकबाट खसेपछि चालकसहित चार जनालाई च्यापेको थियो । पिकअपले च्यापेको अवस्थामा तीन बालिकाको उद्धार गरिएपनि चालकको उद्धार गर्न समस्या भएको थियो ।

शुक्रबार बेलुका पौने ५ बजेतिर त्रिवेणी गाउँपालिका-४ सिमपानीमा लु १ च ८६८७ नम्बरको सुन्तला बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको जीप अनियन्त्रित भइ दुर्घटना हुँदा झन्डै २५ मिटर तल खसेको थियो । उक्त पिकअप जीप माडी गाउँपालिका-१ पेदीखोलादेखि सुन्तला बोकेर तुलसीपुर आउँदै थियो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ०८ बजे

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुला । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका-४ ओसिल क्षेत्रमा