१० पुस २०८२, बिहिबार | December 25, 2025

काठमाडौं अदालतमा रवि लामिछानेको सकियो बयान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको लामिछानेको बयान केही बेर अघि सकिएको हो, अब उनको थुनछेक बहस सुरू हुनेछ ।

अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका लामिछानेको बयान दिन सुरू गरेका थिए । अदालतले कास्की जिल्ला अदालत झै धरौटी मागेमा उनी छुटने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको छ ।

सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँवाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौंमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हाजिर हुन सकेका भने थिएनन् ।

जिल्ला प्रहरी कास्कीको हिरासतवाट मुक्त भए पनि शुक्रबार राती मात्रै काठमाडौं आइपुगेका कारण उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् ।

अहिले अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले बयान लिइरहेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी दालतमा हाजिर भएका थिए ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

 

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ३ : ०१ बजे

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा यसपटक

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बालेनले भने- म राजनीतिमा आएँ, अभिभावक बनेर सरसल्लाह दिनुपर्‍यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा