२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बुटवलमा सर्वाधिक धनराशीको स्नुकर प्रतियोगिता हुँदै



बुटवल । बुटवलमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । बुटवल उपहानगरपालिकाको सहयोगमा नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियशन रुपन्देहीको आयोजनामा प्रतियोतिगा हुन लागेको हो ।

एशोसियशनले सोमबार पत्रकार सम्मेलन गरि फागुनको १२ गतेदेखि प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता बुटवल २०८१ हुने लागेको बताएका छ । नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले रुपन्देहीमा सर्वाधिक राशीको प्रतियोगिता गर्न लागेको जानकारी दिए ।

यसअघि २ लाख ५५ हजार रुपैया धनराशीको काठमाडौंमा प्रतियोगिता भएको र त्यसपछिको सर्वाधिक धनराशीको प्रतियोगिता आफुहरुले आयोजना गर्न लागेको अध्यक्ष पुनले दाबी गरे ।

खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगिताको उपाधि विजेतालाई नगद ३ लाख ३ हजार, कप, मेडल, प्रमाणपत्र, उपविजेतालाई नगद १, लाख १ हजार रुपैया, हाईएस्ट ब्रेक ५५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद १० हजार रुपैया, राईजिङ स्टार र डिसिप्लिन प्लेयरलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको बुटवल उधोग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सिंह कम्प्लेक्सका संचालक महेशमान सिंहबाट प्रथम पुरस्कार ३ लाख ३ हजार रुपैया तथा दोस्रो पुरस्कार १ लाख रुपैया आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवबाट सौजन्य भएको उनले बताए ।

भर्खरमात्र बुटवलका रेगन श्रेष्ठले श्रीलंका सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई अन्तराष्ट्रिय मंचमा पहिलो पदक दिलाउन सफल भएको उनले बताए । उनलाई सम्मान गर्ने लक्ष्य रहेको उनले बताए । देशभरका अधिकास जिल्लाबाट प्रतियोगी खेलाडीहरु सहभागी हुने उनले बताए । खेलाडीहरुलाई आवासको ब्यवस्था आयोजकबाट गरिने तथा क्वाटरफाईनल खेलबाट खेलाडीहरुलाई आवास र खानाको समेत ब्यवस्था रहेको उनले बताए । न्युनतम १० दिनमा प्रतियोगिता सक्ने लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा बुटवल नगरपालिकाका प्रवक्ता शिव राना, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष आरपी आचार्यले खेल विकासमा स्थानिय सरकारबाट सहयोग हुदा विकास हुन सफल भएको बताए ।

खेल संयोजक विजय गुरुङले प्रतियोगितामा भाग लिन फागुन ७ गतेसम्म अन्तिम समयावधि तोकिएको बताए । प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडी सहभागि हुने संघका सचिव प्रकाश क्षेत्रीले बताए ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ६ : ३० बजे

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको