२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

निकोलस भुसाल फेरी पक्राउ



पोखरा । हिरासतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा कास्की प्रहरीले फेरि डा. निकोलस भुसाल (कमल)लाई पक्राउ गरेको छ ।

गत पुस ८ गते प्रहरीले उनलाई पहिलोपटक पक्राउ गरेको थियो । सोही दिन विद्युतीय अपराधको मुद्दामा उनलाई म्याद थपका लागि अदालत समेत लगिएको थियो । तर उक्त दिन म्याद थप गर्न अदालतले इन्कार गरेको थियो ।

त्यतिबेला न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थिएन । अदालतले आदेश नदिएपछि भुसाललाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्नेगरी सोही दिन नै रिहा गरिएको थियो ।

लामिछानेसहितका प्रतिवादीहरू अदालतले धरौटीमा रिहा गरेपछि काठमाडौं गइसकेका छन् । उनै लामिछानेको तस्बिर खिचेका भुसाललाई भने प्रहरीले सोही मुद्दामा पुनः पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले भुसाल प्रहरी हिरासतमा रहेको बताए । उनका अनुसार अदालतमा पत्र बुझाएपछि भुसाललाई नियन्त्रणमा लिइएको हो । साँझ ६ बजेसम्म भुसाल भने प्रहरीको अपराधरअनुसन्धान शाखामा उपस्थित थिए । प्रहरीले त्यहीँबाट उनलाई हिरासतमा राखेको हो ।

भुसाललाई शुक्रबार अदालतमा पेस गर्ने र बयान गराइने ओलियाले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ९ : ३३ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट