२५ भदौ २०८३, बिहिबार | September 10, 2026

पूर्व गृहमन्त्री खाँणद्वारा रोहिणी नदी सिचाईको निरीक्षण



बुटवल । पूर्व गृहमन्त्री तथा नेपाली काग्रेसंका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रोहिणी नदी सिचाई आयोजनाको निरीक्षण गरेका छन् । शनिबार तिलोतमा नगरपालिका वडा नम्बर १२ र देवदह नगरपालिका वडा नम्बर दुई र तीनका करिब १५ सय बढी किसानलाई सिचाई हुनेगरी हेडबक्स निर्माणसंगै रोहिणी जलाधार बनाउने योजना अनुरूप काम सुरु भएको थियो ।

२०७३ सालमा सुरु भएको परियोजनाले उद्देश्य अनुसार समयमा काम गर्न नसकेको स्थानीयको गुनासो आएपछि पूर्व गृहमन्त्री खाँण देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा केसी लगायतले निर्माण स्थल पुगेर परियोजनाको निर्माण प्रगतिबारे सम्बन्धित सरोकारवालासँग छलफल गरेका हुन् ।

पूर्व गृहमन्त्री खाँणले केही काम बाकी रहेकाले समयमा काम सम्पन्न गरि परियोजनाको उद्देश्यमा रहेर काम गर्न आग्रह गरे । देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा केसीले रोहिणी खोलामा निर्माण भइरहेको सिचाई र रोहिणी जलाधारले जनतालाई राहत भन्दा समस्या हुने देखिएको बताए । समयमा काम सम्पन्न नहुनु र रोहिणी खोलामा वार्षिक बाढीका कारण खोलाको भाग उकास हुँदा आसपासका बस्ती र खेतीयोग्य जमिन डुबानमा पर्ने खतरा बढ्दै गएको बताए ।

यता जलस्रोत तथा सिचाई डिभिजन कार्यालय रूपन्देहीका प्रमुख टंक केसीले केही कामहरू अध्ययनको क्रममा रहेको भन्दै परिमार्जन सहित स्थानीयलाई अधिकतम लाभ हुनेगरी परियोजनाको काम अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : ५५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी