४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा भोलीदेखि डेरी एसोसिएसनको २६ औं वार्षिक साधारणसभा

देशभरका २ सय बढी उद्योगका प्रतिनिधि सहभागी हुँदै



बुटवल । नेपाल डेरी एसोसिएसनको २६ औं वार्षिक साधारणसभा भोली सोमबारदेखि बुटवलमा आयोजना हुने भएको छ । साधारणसभामा देशभरका २ सय बढी डेरी उद्योगका प्रतिनिधिहरु सहभागी हुने आयोजकले जनाएको छ ।

डेरी एसोसिएसन लुम्बिनी प्रदेशको आतिथ्यतामा हुने कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट उद्योगीहरुलाई सम्मान, उत्कृष्ट कृषक सम्मान, युवा व्यवसायीलाई सम्मान तथा कृषि पत्रकारिता पुरस्कार समेत प्रदान गरिने कार्यक्रम संयोजक थानेश्वर न्यौपानेले बताए । एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका न्यौपानेका अनुसार वार्षिकोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा डेरी क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधि, कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, राष्ट्रिय दुग्ध बिकास बोर्ड, पशु सेवा विभाग, दुग्ध बिकास संस्थान, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधि लगायतको उपस्थितीमा वृहत अन्तरक्रिया गरिने भएको छ ।

वार्षिकोत्सवको अवसरमा डेरीजन्य विभिन्न प्रविधि, उत्पादन तथा जानकारीमूलक सामग्रीहरुको स्टलसमे राखिने नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिए । एसोसिएसनका अनुसार नेपालमा दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गर्दछ । दैनिक दूध खपत ३१ लाख लिटर हुने गर्दछ ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार निजी क्षेत्रले मात्रै दुग्धजन्य उद्योगबाट ५० हजार बढीलाई रोजगार सिर्जना हुने गरेको छ भने ५० अर्ब बढी लगानी गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ६ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको