४ पुस २०८२, शुक्रबार | December 19, 2025

सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न समझदारी



रसुवा । नेपालको उत्तरी रसुवागढी नाका क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि रोक्न तथा गल्ती गर्ने उपर कानुनी कारबाही अगाडि बढाउने विषयमा नेपाल र चीनको सीमा क्षेत्रका अधिकारीबीच सहमति भएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी तथा मित्र राष्ट्र चीनको केरूङ प्रान्तका प्रशासकसहित आइतबार भएको सीमा सुरक्षासम्बन्धी बैठकमा केरूङ नाकामा कुनै पनि गैरकानुनी क्रियाकलाप हुन नदिन, व्यापार व्यवसायलाई सहज पार्न तथा नाकालाई व्यवस्थित र मर्यादित बनाउन दुवै पक्षबीच सहमति भएको हो ।

बैठकमा नेपालको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र चीनको तर्फबाट झु जिन सुईले गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । केरूङमा काम गर्ने नेपालीको पूर्ण सुरक्षा गर्ने, अवैध रूपमा सुन तथा अखेटोपहार ओसारपसार पूर्णरूपमा नियन्त्रण गर्ने, त्यस्ता कार्यमा संलग्न व्यक्ति उपर कानुनी प्रक्रिया अगाडि बढाउने विषयमा सहमती भएको प्रजिअ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ९ : ५३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको