२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न समझदारी



रसुवा । नेपालको उत्तरी रसुवागढी नाका क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि रोक्न तथा गल्ती गर्ने उपर कानुनी कारबाही अगाडि बढाउने विषयमा नेपाल र चीनको सीमा क्षेत्रका अधिकारीबीच सहमति भएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी तथा मित्र राष्ट्र चीनको केरूङ प्रान्तका प्रशासकसहित आइतबार भएको सीमा सुरक्षासम्बन्धी बैठकमा केरूङ नाकामा कुनै पनि गैरकानुनी क्रियाकलाप हुन नदिन, व्यापार व्यवसायलाई सहज पार्न तथा नाकालाई व्यवस्थित र मर्यादित बनाउन दुवै पक्षबीच सहमति भएको हो ।

बैठकमा नेपालको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र चीनको तर्फबाट झु जिन सुईले गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । केरूङमा काम गर्ने नेपालीको पूर्ण सुरक्षा गर्ने, अवैध रूपमा सुन तथा अखेटोपहार ओसारपसार पूर्णरूपमा नियन्त्रण गर्ने, त्यस्ता कार्यमा संलग्न व्यक्ति उपर कानुनी प्रक्रिया अगाडि बढाउने विषयमा सहमती भएको प्रजिअ पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ९ : ५३ बजे

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान