२१ भदौ २०८३, आइतबार | September 7, 2026

टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान



टर्की । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ । मुलुकको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ६६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको एउटा होटलमा आगलागी भएको थियो । ‘हामी गहिरो पीडामा छौं, यस होटलमा भएको आगलागीमा हामीले दुर्भाग्यवश ६६ जनाको ज्यान गुमाएका छौं,’ सरकारका प्रतिनिधि यर्लिकायाले मंगलबार पत्रकारहरूसँग भने ।

‘केही हताश व्यक्तिहरू भाग्नको लागि झ्यालबाट हाम फाल्ने प्रयास गरेका पनि थिए,’ अधिकारीहरूले भने, ‘तर, आगोले माथिल्लो तला पनि समेटि दिएपछि अवस्था झन् नाजुक बन्न पुग्यो ।’

केही भिडियो फुटेजमा जलेको भवनको वरिपरि खैरो धुवाँको मुस्लो देखिएको छ । रिसोर्ट जाडोमा छुट्टी मनाउनेहरूका लागि लोकप्रिय गन्तव्य हो। विशेषगरी स्कुल बिदामा यहाँ परिवारसहित धेरै पटक आउजाउँ गर्ने गर्छन् । जुन जनवरीदेखि फेब्रुअरीको पहिलो हप्तासम्म धेरै नै चल्छ ।

सो होटलमा करिब २३४ जना पाहुना बसेको स्थानीय  गभर्नर अब्दुलअजीज अयदिनले राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुसँग भने । सो भवनबाट हाम फालेका पीडितमध्ये दुई जनाको मृत्यु भएको छ । उनका अनुसार आगो नियन्त्रण गर्नका लागि २६७ आपतकालीन कर्मचारी परिचालन गरिएको थियो ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  ९ : ०८ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त