२१ माघ २०८२, बुधबार | February 4, 2026

सीमा क्षेत्रमा लागुऔषध र सीमा सुरक्षासम्बन्धी कार्यक्रम



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो एक सातामा लागुऔषध, सीमा सुरक्षाका विषयमा तीन सय ६१ वटा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

सशस्त्र प्रहरी दिवसका सन्दर्भमा साताव्यापी कार्यक्रमअन्तर्गत आजसम्म देशभरका सीमा क्षेत्रमा उक्त कार्यक्रम गरिएको हो । ‘नशारहित युवा-हाम्रो देशका कर्णधार, सीमानाको रक्षा-राष्ट्र निर्माणको आधार’ मुख्य नारासहित उक्त कार्यक्रम गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।

दिवसका अवसरमा सीमा क्षेत्रमा लागुऔषध प्रयोग तथा ओसारपसार सम्बन्धमा भएको नेपाल र भारतको कानुनी व्यवस्था उल्लेख गरी ‘नशारहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा-राष्ट्र निर्माणको आधार’ लेखिएको दुई सय १३ होर्डिङ बोर्ड पनि राखिएको उनले बताए ।

यस कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपालका इकाइहरुबाट स्थानीय विद्यालयमा विद्यार्थीहरुलाई लागुऔषधसम्बन्धी दुई सय ६२ स्थानमा जनचेतनामूलक प्रशिक्षण गराइएको छ, जसमा १२ हजार तीन सय ६८ जना सहभागी भएका छन् ।

लागुऔषध दुव्र्यसनीसम्बन्धी २१ स्थानमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ, विद्यालय तथा स्थानीय क्लबहरुमा गई ‘लागुऔषध, सीमा सुरक्षा र युवा’ मा केन्द्रित भई १५ स्थानमा निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

यसैगरी, सीमा इलाकाका भारतीय समकक्षीसँग लागुऔषध नियन्त्रण सम्बन्धमा ५१ वटा समन्वयात्मक बैठक गरिएको छ । सशस्त्र प्रहरी बल नेपालका इकाइहरुले जिम्मेवारी क्षेत्रमा भएका लागुऔषध प्रयोग, दव्र्यसनी तथा नियन्त्रण सम्बन्धमा भएका क्रियाकलापहरुको अभिलेख राख्ने कार्य थालिएको बताइएको छ ।

यसैगरी, शीघ्र प्रभाव आयोजनाअन्तर्गत समुदाय विकास तथा क्षमता अभिवृद्धि, स्वास्थ्य, कल्याणकारी, पर्यावरण संरक्षण तथा हरियाली अभियान तथा महिला सशक्तीकरण गरी सशस्त्र प्रहरी बल नेपालले देशभर चार सय ७३ कार्यक्रम सञ्चालनबारे जानकारी गराएको छ । समुदाय विकास तथा क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत एक सय २९ जनचेतनामूलक कार्यक्रम गर्नाका साथै निर्माणअन्तर्गत १३ स्थानमा चौतारा, १३ प्रतीक्षालय, सात सार्वजनिक शौचालय र १८ खानोपानीको धारा निर्माण गरिएको छ ।

यसैगरी, स्वास्थ्यअन्तर्गत १० स्थानमा स्वास्थ्य शिविर र ३० स्थानमा रक्तदान कार्यक्रम, पर्यावरण संरक्षण तथा हरियाली अभियानअन्तर्गत एक सय ९८ स्थानमा सरसफाइ र ३४ स्थानमा वृक्षरोपण तथा महिला सशक्तीकरण अभियानअन्तर्गत ११ वटा आत्मरक्षा तालिम दिइएको प्रवक्ता न्यौपानेले बताए ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ८ : ४६ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता