२० माघ २०८२, मंगलबार | February 3, 2026

मानवसेवा आश्रमको महायज्ञमा दान गर्नेको भिड

लायन्स क्लबले गर्यो २ करोड ७ लाखको प्रतिबद्धता



बुटवल । मानवसेवा आश्रमको लुम्बिनी प्रदेश रुपन्देही शाखा स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि सुरू भएको श्रीमद्भागवत सप्ताह ज्ञान-विज्ञान महायज्ञमा दान गर्ने दाताहरूको भीड लागेको छ । महायज्ञको चौथो दिन आज बिहीबार मौसम प्रतिकूल रहे पनि दाताहरूको सहभागीतामा भने कमी आएको छैन ।

महायज्ञमा लायन्स क्लब अफ इन्टरनेसनल ३२५ पि नेपालको तर्फबाट हङ्गर रिलिफ प्रोग्राम अन्तर्गत किचन डाइनिङ प्रोजेक्टका लागि १ लाख ५० हजार डलर अर्थात नेपाली रूपैयाँ २ करोड ७ लाख रकम सहयोग दिने प्रतिबद्धता गरेको छ । क्लबको तर्फदेखि डिस्टिक गभर्नर पुरुषोत्तम प्रधानाङ्ग, फर्स्ट भाइस डिस्टिक गभर्नर बालाराम भट्टराई, सेकेन्ड भाइस डिस्टिक गभर्नर सन्दीप कशौधनले प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै बुटवल उपमहानगरपालिका-८ निवासी सोमबहादुर आलेद्वारा महायज्ञमा ५ लाख ११ हजार १ सय ११ रूपैयाँ आश्रमको एक कोठा निर्माणका लागि दान गरेका थिए । तिलोत्तमा नगरपालिका-५ रूपन्देही निवासी हरिप्रसाद कँडेल र यशोदा कँडेलले १ लाख १ हजार १ सय ५ रूपैयाँ दान गरेका थिए ।

महायज्ञमा चिन्तामणि पाण्डेले ६४ हजार १ सय १ रूपैयाँ, माँ कामाख्यादेवी धाम फाउन्डेसनद्वारा १५ हजार ५ रूपैयाँ, गंगा अर्यालद्वारा १० हजार रूपैयाँ, भीमकला भण्डारीद्वारा २ हजार ५ सय ५० रूपैयाँ, तुल्सा पाण्डेले १५ हजार १ सय ५ रूपैयाँ, रेनुका श्रीस ५ हजार २५ रूपैयाँ, छलिदेवी भण्डारी ५ हजार ५१ रूपैयाँ, नारायणी गौतम भुसालले ५ हजार १ सय ५ रूपैयाँ, वसन्ती पोखरेलले ५ हजार ५ रूपैयाँ, गिरिनाथ शर्मा र कोपिलादेवी पाण्डे केसीले २ हजार ५ सय ५ रूपैयाँ, पण्डित प्रेमचन्द्र न्यौपाने र क्षमादेवी एवम् सपरिवारको तर्फबाट ११ हजार रूपैयाँ योगदान गरेका थिए । रिता पाठक र यमकला न्यौपानेले ५ हजार १ सय ५ रूपैयाँ, रेनु भट्टराइ (डुम्रे) र प्रेम डुम्रेले ५ हजार १५१ रूपैयाँ, दयाराम पाठक २५ हजार १ सय रूपैयाँ, कुसुमदेवी प्रधानले ३ हजार २५ रूपैयाँ, प्रेम कला पाठकले १६ हजार ५० रूपैयाँ, क्यापटेन खेम नारायण काफ्ले र मुक्ता काफ्लेले ६ हजार ५ सय रूपैयाँ भवन स्तरोन्नतिको लागि दान गरेका थिए ।

त्यस्तै रूपन्देही क्षेत्रमा रहेका आमा समूहहरूको महायज्ञमा उल्लेखनीय सहभागिता रहेको थियो । आमा समुहहरुले पनि दान गरेका थिए । मगर एकता आमा समूहले १५ हजार ७ सय ३० रूपैयाँ, सिद्धार्थ आमा समूहले ७ हजार ३५ रूपैयाँ, पशुपति आमा समूहले ५ हजार २५ रूपैयाँ, गौतम आमा समूहले ११ हजार, १११ रूपैयाँ, तिलोत्तमा नारी जागरण समूह (शान्ति दुर्गा मन्दिर) ५ हजार १ सय ५ रूपैयाँ, सिद्धबाबाधाम भजन किर्तन उपसमितिले १५ हजार ६ सय ५५ रूपैयाँ महायज्ञमा दान गरेका थिए ।

त्यस्तै कृष्णप्रसाद भण्डारी र यमकला भण्डारीले ५ हजार १ सय रूपैयाँ, सुनिता अर्यालले ३ हजार १ सय रूपैयाँ, लक्ष्मी/रामचन्द्र खरेलले ५ हजार १ सय ५१ रूपैयाँ, लुम्बिनी कृषि उपज थोक प्रा.लिले १५ हजार ५ रूपैयाँ र बेदप्रसाद/अम्बिका अर्यालले ५ हजार, ५ सय ५१ रूपैयाँ दान गरेका थिए ।

त्यस्तै महायज्ञमा तिलोत्तमा-१ निवासी आत्मरामरहरिकला पाण्डेले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, तिलोत्तमा-५ निवासीद्वय नारायणप्रसाद रेग्मी र नारायण/कमला कँडेलद्वारा १ लाख ११ हजार १ सय ११ रूपैयाँ योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि र आश्रमलाई तन, मन, धनले सहयोग पुर्याउने दाताहरूलाई कृतज्ञता ज्ञापन गर्ने उद्देश्यले समेत महायज्ञको आयोजना गरिएको बताइएको छ। रुपन्देही जिल्ला तिलोत्तमा-५ मणिग्राम सिद्दार्थ राजमार्गसगै प्रर्दर्शनी स्थलमा माघ ७ गतेदेखि सुरू भएको महायज्ञ १४ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ८ : ३१ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको