२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

दारी ग्याङ रुपन्देहीको आयोजनामा भोली बुटवलमा वक्तृत्वकला प्रतियोगिता हुने



बुटवल । दारी ग्याङ रुपन्देहीको आयोजनामा र बुटवल उपमहानगरपालिकाको सहकार्यमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिने भएको छ ।

“गालामा दारी काधमा जिम्मेवारी” भन्ने मूल नारा बोकेर निरन्तर रूपमा विभिन्न सामाजिक काम गर्दै आएको दारी ग्याङ रुपन्देहीले रुपन्देही जिल्ला भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुविचमा प्रतिस्पर्धा गराउने छ । कार्यक्रम बुटवलको नविन औद्योगिक कदर बहादुर रिता मा.वि बुटवल ११ देवीनगरमा माघ १२ गते प्रतियोगिता सञ्चालन हुनेछ ।

विद्यार्थीलाई एकवटा विषयमा बोल्न लगाइने आयोजकले जनाएको छ । “सामाजिक सञ्जालले व्यक्तिगत जिवनमा पारेको प्रभाव” शीर्षकमा प्रतियोगिता हुने भएको हो ।

वक्तृत्वकला प्रतियोगिता कुनै साधारण प्रतिस्पधी मात्र नभई, व्यक्तित्व विकास, विचारको अभिव्यक्ति, र नेतृत्व क्षमता निमर्माणको महत्वपूर्ण माध्यम कार्यक्रम संयोजक गोकुल प्रसाद पाण्डेले बताए । उनले विद्याथीहरूलाई आफ्नो दृष्टिकोण प्रस्तुत गर्न, समाजका विविध मुद्दाहरूमा सचेत हुन, र तार्किक विश्लेषण तथा तक गर्न सक्षम बनाउने बताए ।

सहभागी विद्यार्थीहरूले आफ्नो विचार खुला र निर्भीकतापूर्वक प्रस्तुत गर्दै वाककलाको क्षमतालाई सामाजिक सञ्जालको प्रयोगबाट हुने सकारात्मक र नकारात्मक असर, फाइदा र बेफाइदाको बारेमा जानकारी दिदै सहभागि विद्याथीहरुको अन्तरनिहित क्षमताको विकास गराउनु प्रमुख उद्देश्य राखेर कार्यक्रमको आयोजना गर्न लागिएको दारी ग्याङ रुपन्देहीका अध्यक्ष भरत पौडेलले बताए ।

वक्तृत्वकला प्रतियोगिताको प्रथम, द्वितीय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरुलाई क्रमश. नगद रु.२० हजार, १५ हजार, १० हजार र ५ हजार पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रवक्ता प्रदीप कोइरालाले बताए । नविन औद्योगिक कदर बहादुर रिता मा.वि बुटवल ११ देवीनगरमा शनिबार विहान १०:१७ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : २८ बजे

‘मोबाइल’को निउँमा भनाभन हुँदा…

चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको

महभिरमा पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ ।

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू-भाग

एसईईको नतिजा : सबैभन्दा उच्च ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या ४८ हजार बढी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ अबेर सार्वजनिक गरेको